Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

एमालेभित्र युद्धविरामको संकेत

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।

बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने। उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

आजको नागरिकमा खबर छ- पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ। ‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास थाल्ने कुरा भएका छन्। सबै साथीको जोड एकतामै छ। त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने। ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ। कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने।

ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिनेगरी विवाद निरूपणको प्रस्ताव गरिएको छ। तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने बताएका छन्। ‘अहिले नै दोस्रो अध्यक्षमा जाने कुरा छैन । विधानबमोजिमकै एकता हुनुपर्ने भन्नेमा नेता नेपालको जोड छ,’ उनीनिकट एक नेताले भने।

सोमबारको बैठकमा नेता नेपालले सम्मानजनक विषय आए पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताएका थिए।  एमालेको नवौं महाधिवेशनबाट पारित भएको विधानले दोस्रो अध्यक्षको परिकल्पना नगरेका कारण नेपाल विधान संशोधन नभई दोस्रो अध्यक्षमा जान नचाहेका हुन्। पन्तका अनुसार देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेकाले तत्कालका लागि पार्टी एकतामै जोड दिइएको हो। ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र राष्ट्रियता एवं लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ, त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ,’ पन्तले भने। बैठकमा दुवै शीर्ष नेताबीच भेटघाट गरेर कुराकानी गर्नसमेत सुझाव दिइएको थियो।

बैठकमा आचार्यलगायत नेताले पार्टी एकता प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताएका थिए। अनिर्णयको बन्दी बनिरहन नहुनेमा उनीहरूले जोड दिएका थिए । ‘जनता र कार्यकर्तामा अन्योल छ। नेताहरूले यो विषयमा सोच्नुपर्छ,’ आचार्यले भनेका थिए, ‘एकताको ढोका पूर्ण रूपमा खोल्नुपर्छ, अलमल गर्नुहुँदैन, राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ।’  पार्टी अध्यक्ष ओली पक्ष मौन रहेका बेला नेपाल पक्ष भने एक साताभित्रै विवाद निरूपण गर्न लागिपरेको छ। त्यसका लागि बैठकले भीम रावललाई जिम्मा दिएको स्रोतले जनाएको छ।  

‘माधव नेपाल तत्काल ओलीसँग संवादका लागि तयार छैनन्। विश्वासिलो आधार तयार भएपछि मात्रै संवादमा बस्ने भएकाले रावललाई जिम्मा दिइएको हो, यसै साताभित्र विश्वासिलो आधार तयार गरेर दुवै नेतालाई संवादको वातावरण बनाउने काम हुन्छ,’ बैठक स्रोतले भन्यो। पार्टीभित्र विवाद मिलाउन जति ढिला ग¥यो त्यति नै बाहिरका शक्तिले खेल्न पाउने विश्लेषण बैठकमा भएको थियो। बैठकले माधव नेपाललाई सरकार पक्षको गठबन्धनमा नजानसमेत सुझाव दिइएको थियो। स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य र सांसदसँग पनि छलफल गर्ने निर्णय गरेको छ। एकदुई दिनभित्रै स्थायी कमिटीका सदस्यसहित नेपालले केन्द्रीय सदस्यसँग पनि सुझाव लिनेछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending