Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

एमालेभित्र युद्धविरामको संकेत

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।

बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने। उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

आजको नागरिकमा खबर छ- पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ। ‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास थाल्ने कुरा भएका छन्। सबै साथीको जोड एकतामै छ। त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने। ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ। कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने।

ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिनेगरी विवाद निरूपणको प्रस्ताव गरिएको छ। तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने बताएका छन्। ‘अहिले नै दोस्रो अध्यक्षमा जाने कुरा छैन । विधानबमोजिमकै एकता हुनुपर्ने भन्नेमा नेता नेपालको जोड छ,’ उनीनिकट एक नेताले भने।

सोमबारको बैठकमा नेता नेपालले सम्मानजनक विषय आए पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताएका थिए।  एमालेको नवौं महाधिवेशनबाट पारित भएको विधानले दोस्रो अध्यक्षको परिकल्पना नगरेका कारण नेपाल विधान संशोधन नभई दोस्रो अध्यक्षमा जान नचाहेका हुन्। पन्तका अनुसार देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेकाले तत्कालका लागि पार्टी एकतामै जोड दिइएको हो। ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र राष्ट्रियता एवं लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ, त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ,’ पन्तले भने। बैठकमा दुवै शीर्ष नेताबीच भेटघाट गरेर कुराकानी गर्नसमेत सुझाव दिइएको थियो।

बैठकमा आचार्यलगायत नेताले पार्टी एकता प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताएका थिए। अनिर्णयको बन्दी बनिरहन नहुनेमा उनीहरूले जोड दिएका थिए । ‘जनता र कार्यकर्तामा अन्योल छ। नेताहरूले यो विषयमा सोच्नुपर्छ,’ आचार्यले भनेका थिए, ‘एकताको ढोका पूर्ण रूपमा खोल्नुपर्छ, अलमल गर्नुहुँदैन, राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ।’  पार्टी अध्यक्ष ओली पक्ष मौन रहेका बेला नेपाल पक्ष भने एक साताभित्रै विवाद निरूपण गर्न लागिपरेको छ। त्यसका लागि बैठकले भीम रावललाई जिम्मा दिएको स्रोतले जनाएको छ।  

‘माधव नेपाल तत्काल ओलीसँग संवादका लागि तयार छैनन्। विश्वासिलो आधार तयार भएपछि मात्रै संवादमा बस्ने भएकाले रावललाई जिम्मा दिइएको हो, यसै साताभित्र विश्वासिलो आधार तयार गरेर दुवै नेतालाई संवादको वातावरण बनाउने काम हुन्छ,’ बैठक स्रोतले भन्यो। पार्टीभित्र विवाद मिलाउन जति ढिला ग¥यो त्यति नै बाहिरका शक्तिले खेल्न पाउने विश्लेषण बैठकमा भएको थियो। बैठकले माधव नेपाललाई सरकार पक्षको गठबन्धनमा नजानसमेत सुझाव दिइएको थियो। स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य र सांसदसँग पनि छलफल गर्ने निर्णय गरेको छ। एकदुई दिनभित्रै स्थायी कमिटीका सदस्यसहित नेपालले केन्द्रीय सदस्यसँग पनि सुझाव लिनेछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending