Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

कांग्रेसका १० 'भाइ' वक्तव्य : पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ । अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई विश्वास गरी देशको अभिभारा सुम्पेको बेला पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न कांग्रेसका युवा नेताले माग गरेका छन् ।

क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमूलक कार्यक्रम भइरहेकोप्रति लक्षित गर्दै युवा नेताले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । कांग्रेसका १० युवा नेताले आज संयुक्त वक्तव्य जारी गर्दै १४ औँ महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्न र केही जिल्लाका गतिविधिले आफूहरुको ध्यान तानेको उल्लेख गरेका छन् ।

युवा नेताहरु डा चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका  हुन् । “मुख्य गरी पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्ति सङ्गत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन,” वक्तव्यमा लेखिएको छ ।

कांग्रेसका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनशनमा बसेका छन् । यसलाई युवा नेताले गम्भीर विषयको रुपमा लिएका  छन् ।

“विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ । आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ”, नेताहरुको आग्रह छ ।

कांग्रेसको क्रियाशील छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याको विधिसङ्गत र तार्किक समाधान गर्न पनि युवा नेताहरुले आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending