Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कमिशनले तिजाली–पच्नाली–मुडभारा खानेपानी योजना गुणस्तरहीन

रासस

डोटी । जिल्लाको शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको छ । ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत कमसल खालका सामग्री प्रयोग गरी गराउँदा काम गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । ठेक्का पाएको निर्माण कम्पनीले रु दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सो कम्पनीले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी वि.सं. २०७७ असोज ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम २०७७ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार ठेक्का सम्झौता अनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुनसकेको देखिँदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी घनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी बिक्री गरेको लिखित प्रमाण फेला परेको छ ।

यसैगरी खेमबहादुरले आफूले पाएको ठेक्का पनि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिशनका आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा उक्त काम नसकिने र काम पनि गुणस्तरहीन हुने देखिएको स्थानीयवासी रामबहादुर खत्रीले बताए । सोही ठेक्कालाई फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुरले बिक्री गरेको प्रमाण पनि फेला परेको छ ।

उनीहरुबीच वि.सं. २०७७ कात्तिक १ गतेका दिन लिखित कागज भएको प्रमाण फेला परेको छ । खेमबहादुरले लीलालाई उक्त योजना रु एक करोड ३० लाखमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली–पच्नाली–मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुरले पाएको ठेक्का फेरि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो । रु दुई करोड ९१ लाखको ठेक्कालाई रु एक करोड ७० लाखमा बिक्री गरेर काम गरिरहेको अर्का स्थानीयवासी शिवराज भट्टको आरोप छ । यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर ठेक्का बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने उहाँको बुझाइ छ । सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिलाई सञ्चालन गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकाले गुणस्तरमा खस्किँदो अवस्था देखिएको स्थानीयवासी बताउँछन् ।

यस विषयमा निर्माण कम्पनीका प्रतिनिधि घनश्याम पाठकसँग बुझ्दा उनले आफूले उक्त योजनाको काम पेटी ठेक्कामार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गरे । उनले भने, ‘मैले पेटी ठेक्कामा काम दिएको हूँ, पेटी दिएकाले के–के गरे थाहा भएन, नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।’ काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उनले जानकारी दिए । 

उता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलले खानेपानीको काम सम्झौताअनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताए । उनले भने, ‘उक्त योजनाको अनुगमनका लागि दुई कर्मचारी फिल्डमा गएका छन्, सम्झौताअनुसारको काम नभएको भए बिल पास गरिन्न ।’ शिखर नगरपालिकाअन्तर्गत पर्ने तिजाली– पच्नाली–मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो । बजेटअनुसारको काम नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE