Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कमिशनले तिजाली–पच्नाली–मुडभारा खानेपानी योजना गुणस्तरहीन

रासस

डोटी । जिल्लाको शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको छ । ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत कमसल खालका सामग्री प्रयोग गरी गराउँदा काम गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । ठेक्का पाएको निर्माण कम्पनीले रु दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सो कम्पनीले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी वि.सं. २०७७ असोज ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम २०७७ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार ठेक्का सम्झौता अनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुनसकेको देखिँदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी घनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी बिक्री गरेको लिखित प्रमाण फेला परेको छ ।

यसैगरी खेमबहादुरले आफूले पाएको ठेक्का पनि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिशनका आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा उक्त काम नसकिने र काम पनि गुणस्तरहीन हुने देखिएको स्थानीयवासी रामबहादुर खत्रीले बताए । सोही ठेक्कालाई फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुरले बिक्री गरेको प्रमाण पनि फेला परेको छ ।

उनीहरुबीच वि.सं. २०७७ कात्तिक १ गतेका दिन लिखित कागज भएको प्रमाण फेला परेको छ । खेमबहादुरले लीलालाई उक्त योजना रु एक करोड ३० लाखमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली–पच्नाली–मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुरले पाएको ठेक्का फेरि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो । रु दुई करोड ९१ लाखको ठेक्कालाई रु एक करोड ७० लाखमा बिक्री गरेर काम गरिरहेको अर्का स्थानीयवासी शिवराज भट्टको आरोप छ । यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर ठेक्का बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने उहाँको बुझाइ छ । सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिलाई सञ्चालन गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकाले गुणस्तरमा खस्किँदो अवस्था देखिएको स्थानीयवासी बताउँछन् ।

यस विषयमा निर्माण कम्पनीका प्रतिनिधि घनश्याम पाठकसँग बुझ्दा उनले आफूले उक्त योजनाको काम पेटी ठेक्कामार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गरे । उनले भने, ‘मैले पेटी ठेक्कामा काम दिएको हूँ, पेटी दिएकाले के–के गरे थाहा भएन, नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।’ काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उनले जानकारी दिए । 

उता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलले खानेपानीको काम सम्झौताअनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताए । उनले भने, ‘उक्त योजनाको अनुगमनका लागि दुई कर्मचारी फिल्डमा गएका छन्, सम्झौताअनुसारको काम नभएको भए बिल पास गरिन्न ।’ शिखर नगरपालिकाअन्तर्गत पर्ने तिजाली– पच्नाली–मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो । बजेटअनुसारको काम नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending