Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा

खबरडबली संवाददाता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा रहेका छन् ।

पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ । वडा नं २ कै सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् । “त्यहाँको पहिराको अवस्था भनी नसक्नुको छ । केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घर उच्च जोखिममा रहेका छन् । पहिराभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ”, तिमिल्सिनाले भन्न्नुभयो, “वनबाट शुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ ।”

पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ रुपैयाँ लगानी गरिएका कृषि फार्म पनि छन् । पहिरो झरेमा ती सबै फार्म पुरिएर पूर्ण क्षति हुने स्थानीयवासी सविना सुब्बाले बताउनुभयो । त्यहाँ बङ्गुर, कुखुरा र माछाका फार्म छन् । फार्ममा सुब्बाले रु सात लाख लगानी गर्नुभएको छ । यस्तै सञ्जीवनी सहकारीले रु १४ लाख, तेजबहादुर क्षेत्रीले रु सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाले करिब रु १० लाख लगानी गरेका छन् । पहिरोभन्दा तलको क्षेत्र सुनचापमा घर भएका अन्तरे कामीले माथिबाट आउन सक्ने पहिराले कति बेला अँठ्याउने हो भनेर रातभर निदाउन नसक्ने बताउनुभयो । वर्षा भएको दिनमा पहिरो आउन सक्ने डरले भाग्न तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
 
“माथिबाट पहिरो आएर कतिबेला बगाउने हो भन्ने पिर मात्रै छ । गेगरसहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरेझैँ आउने अवस्था छ”, उहाँले भन्नुभयो, “पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ । निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।”

पहिरो आउन सक्ने उच्च जोखिमका कारण भने कोरुङ्गा सामुदायिक वन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन् । सडक खन्ने बेलामा भूगर्भविदसहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमीन लच्किएको शिक्षक तिमिल्सिनाले बताउनुभयो । लच्किएको जमीन पहिराका रूपमा झरेमा करिब पाँच किलोमिटर सडकसमेत बग्ने अवस्थामा छ । कालोपत्र र ढलान गरिएको उक्त सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो ।
 
मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिराको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताए। जमीन लच्किएको ठाउँबाट साना पहिरा हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उनले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

बालेन शाह भूपदेवको क्षेत्र अछाम पुगे

मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...

झापा–५ मा ओलीको जीत सुरक्षित, कुनै जोखिमको अवस्था छैन: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...

बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन: सुरु

ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending