काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।
नेता नेपालले ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् । त्यस्तै नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएकाले फिर्ता लिन नसकिने जवाफ दिएका छन् ।
नेपाल समूहका एक नेताले दिएको जानकारी अनुसार एमाले नेता घनश्याम भुसालले ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएका हुन् । ललितपुरस्थित समिट होटलमा छलफलमा रहेका भुसाल कोटेश्वरमा रहेको नेता नेपालको निवासमा आएर टेलिफोन सम्पर्क गराएका हुन् ।
ओलीले १८ असारमा केन्द्रीय कमिटी बैठकबाट सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनी दिएपछि उनीहरूबीच टेलिफोन भएको हो ।
‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ ओलीले बैठकमा भनेका थिए, 'हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुन्छ ।' हस्ताक्षर फिर्ता नलिनु पार्टी फुटेको घोषणा भएको ओलीले बताएका थिए ।
समिट होटलमा एमालेका ओली समूह र नेपाल समूहका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएर भुसाल समिट होटलमा फेरि छलफलमा पुगेका छन् ।
ओली र नेपालले अडान नछाड्दा एमालले फुटको डिलमा पुगेको छ । तर उक्त बैठक नेपाल सममूहले अवैध भनेको छ । नेपाल समूहले केन्द्रीय कमिटी रोक्न माग गरे पनि ओली बैठक राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: