Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द

खबरडबली संवाददाता

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड  खाएको जस्ता लाञ्छना लगाएका थिए ।

यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले  जाहेरी दिएका थिए । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छन् ।

रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएका थिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending