कर्णाली । कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० प्रस्तावित बजेट सार्वजनिक गरेका हुन् । कुल बजेटमा चालुतर्फ रु एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ रु ४३ करोड ३३ लाख ३६ हजार विनियोजन गरिएको छ ।
त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड पाँच लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ रु छ करोड आठ लाख १६ हजार बजेट विनियोजन गरिएको उपप्रमुख ढकालले बजेट भाषणमा उल्लेख गरे । नगरपालिकाले अगामी आवका लागि विनियोजन गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वातावरणीय सरसफाइ, स्वच्छता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
उपप्रमुख ढकालले नगर गौरवका रूपमा नगरभित्र गुणस्तरीय चिकित्सकीय सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनलाई नगर अस्पतालका रूपमा विकास गर्ने तथा हाल कोभिड अस्पतालका रूपमा सञ्चालन भएको अस्पताललाई नगरको आधारभूत तथा चिकित्सकीय सेवासहित सञ्चालन गरिने बताए । त्यस्तै नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन थप विद्यालयमा विद्यालय नर्सिङ सेवा सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले महिला स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उपप्रमुख ढकालले ‘छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’, विपन्न तथा असहाय, कोरोना प्रकोप पीडित र अभिभावकविहीन बालबालिकाका लागि ‘विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष’ स्थापना नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभावकका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिने बताए ।
असहाय र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व स्थानीय तहले लिने गरी उनीहरुको माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गर्ने, ‘म बनाउँछु मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यालयमा ‘मेरो एक दिन’ कार्यक्रममार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिने कार्यक्रममा समावेश गरिएको छ ।
कृषिमा व्यवसायिकताः युवामा उद्यमशीलता, जमिन बाँझो नराखौँ ः सक्नेलाई गर्न दिऊँ, एक सहकारी ः एक उत्पादन, एक गाउँ ः एक उत्पादन, मेरो विद्यालय ः मेरो जिम्मेवारी, वातावरण संरक्षण ः शहरी सौन्दर्यलगायतका कार्यक्रम पनि सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ ।
उपमहानगरपालिका घोषणा गर्ने प्रस्ताव
कर्णाली प्रदेशमा ५४ गाउँपालिका र २५ नगरपालिकासहित ७९ स्थानीय तह छन् । मुलुकका सात प्रदेशमा उपमहानगरपालिका भइरहँदा कर्णाली प्रदेश भने हालसम्म गाउँ तथा नगरपालिकामै सीमित छ । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर पनि नगरपालिकामै सीमित छ । बढ्दो शहरीकरण तथा जनसङ्ख्या, पूर्वाधार विकास तथा सङ्घीय मर्मलाई बोध गर्दै आगामी आवबाट वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा घोषणा गर्न प्रक्रिया अघि बढाइएको छ ।
यसका लागि उक्त नगरपालिकाको नवौँ नगरसभाले वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्न कर्णाली प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने प्रस्ताव अगाडि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: