बागलुङ । बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ ।
एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उनको भनाइ छ ।
कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ । जिल्लामा पहिलोपटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता चार हजारबढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिए । पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ । अस्पतालमा पनि कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ ।
सङ्क्रमण घटेपनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन् । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: