Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप

खबरडबली संवाददाता

गोरखा । जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।

जिल्लाभित्र कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उनले बताए । बैठकले निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य वस्तु, खाद्यान्य, तरकारी, दूध तथा माछा, मासु, कृषिजन्य बीउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसअघि ९ बजेसम्म मात्र त्यस्ता पसल सञ्चालन गर्न दिइएको थियो ।

त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसल जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने दिइने प्रशासनले जनाएको छ । सामुदायिक विद्यालयका हकमा भने पुस्तक व्यवसायीले विद्यालयसम्म पुस्तक पुर्‍याइदिने र विद्यालयले आलोपालो गरी  विद्यार्थीहरुलाई पुस्तक वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

जिल्लाभित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उनले बताए । त्यस्तै खानेपानी, सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधि तथा औषधिजन्य उत्पादन र विक्री वितरणलगायत अत्यावश्यकबाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि आजको बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

सञ्चारकर्मीका हकमा सूचना विभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ । बैठकले बैंक तथा सहकारीबाहेक वित्तीय संस्था लघुवबत्त, बीमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंकभित्र समेत दुई मिटरको भौतिक दूरी अनिवार्य कायम गर्नुपर्ने निर्णय बैठकले गरेको छ । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending