सिमकोट । जिल्ला अस्पतालबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषधमा परेकी छिन् । सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो ।
जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिए । उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ । उनले भने, 'शल्यक्रिया ( अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ । रगत छैन । यही कारण जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो । यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन । यसैले रिफर गरेको हुँ ।'
अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , 'जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन । यसैले रिफर गरेका हौँ ।'
सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन । अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ । सोही दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो । निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोषाधमा छिन् ।
'हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन । सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग समन्वय भएको छ 'प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: