सिमकोट । जिल्ला अस्पतालबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषधमा परेकी छिन् । सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो ।
जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिए । उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ । उनले भने, 'शल्यक्रिया ( अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ । रगत छैन । यही कारण जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो । यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन । यसैले रिफर गरेको हुँ ।'
अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , 'जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन । यसैले रिफर गरेका हौँ ।'
सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन । अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ । सोही दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो । निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोषाधमा छिन् ।
'हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन । सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग समन्वय भएको छ 'प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: