गण्डकी । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिकसत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।
प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ ।
गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री केन्द्रको पोखरास्थित प्रादेशिक कार्यलयमा सबै कक्षाका पाठ्यपुस्तक भण्डार कक्षमा आइसके पनि बाहिरी जिल्लामा भने हालसम्म नगएको कार्यालयका वरिष्ठ सहायक शिवविलास पौडेलले जानकारी दिए ।
कार्यालयले नवलपुरबाहेक प्रदेशका १० वटै जिल्लामा सामुदायिक विद्यालयका पुस्तक वितरण गर्दै आएको छ । हिमाली जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाका सामुदायिक विद्यालयमा आगामी असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु हुँदैछ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: