काठमाडौं । काठमाडौं उपत्यकामा चौंथो पटक थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । शुक्रबारबाट लागू भएको एक साता निषेधाज्ञा यसअघिको भन्दा थप कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौं दिएको जानकारी अनुसार निषेधाज्ञा अवधिभर किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न प्रतिबन्ध लागाएको छ । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउन सक्नेछ ।
यस अघि विहानी समयमा छुट दिदै आएका किराना पसल, तरकारी पसल, अत्यावश्यक सामाग्रिका पसल समेत यस पटक खोल्न पाइने छैन । किराना पसल समेत बन्द गर्ने निर्णयप्रति विभिन्न राजनीतिक दलहरु, सरोकारवाला र नागरिक अगुवाहरुले कोरोनाको बाहानामा सरकारले विरोधको आवाज बन्द गर्न कडा पारिएको आरोप लगाएका छन् ।
तर, उनीहरुको आरोपप्रति काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली अस्वीकार गर्दै भने, ‘कोभिड–१९ को चेनब्रेक गर्न एक साता कडा पारिनुपर्ने आवश्यक देखिएकोले शुक्रबारबाट यस अघिको भन्दा निषेधाज्ञा कडा पारिएको हो । महामारी थप जटिल हुनुभन्दा एक साता कष्ट सहेर बस्न सबैलाई आग्रह गर्दछु । यसलाई अन्यथा नलिइदिनुहोला ।’ ‘थप गरिएको निषेधाज्ञामा कसैले सूचना थाहा नपाइ खोलिएका रहेछन् भने एक पटकलाई चेतावनी दिइन्छ’, उनले भने, ‘त्यस पछि पनि अटेरी गरे कानून बमोजिम कारवाही हुन्छ ।’
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै तीब्र आलोचना सुरु भएपछि बिहीबार काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको थियो । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री होम डेलिभरी दिने व्यवस्था गरेको छ ।
नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्याउने व्यवस्था गरिएको हो । थप गरिएको निषेधाज्ञामा पानी, दुग्ध पदार्थ बोकेको गाडी, एम्बुलेन्स लगायतका कुनै अवरोध नगरिने प्रजिअ पराजुलीले बताए ।
काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले सरकारले हालै जारी गरेको कोभिड नियन्त्रण सम्बन्धि अध्यादेशमा भएको प्रावधान अनुसार शुक्रबारबाट थप गरिएको निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: