Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

उपत्यकामा शुक्रबारबाट कडा निषेधाज्ञा लागू, अटेरी गर्नेलाई कडा कारवाही गरिने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा चौंथो पटक थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । शुक्रबारबाट लागू भएको एक साता निषेधाज्ञा यसअघिको भन्दा थप कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडौं दिएको जानकारी अनुसार निषेधाज्ञा अवधिभर किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न प्रतिबन्ध लागाएको छ ।  निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउन सक्नेछ । 

यस अघि विहानी समयमा छुट दिदै आएका किराना पसल, तरकारी पसल, अत्यावश्यक सामाग्रिका पसल समेत यस पटक खोल्न पाइने छैन । किराना पसल समेत बन्द गर्ने निर्णयप्रति विभिन्न राजनीतिक दलहरु, सरोकारवाला र नागरिक अगुवाहरुले कोरोनाको बाहानामा सरकारले विरोधको आवाज बन्द गर्न कडा पारिएको आरोप लगाएका छन् ।

तर, उनीहरुको आरोपप्रति काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली अस्वीकार गर्दै भने, ‘कोभिड–१९ को चेनब्रेक गर्न एक साता कडा पारिनुपर्ने आवश्यक देखिएकोले  शुक्रबारबाट यस अघिको भन्दा निषेधाज्ञा कडा पारिएको हो । महामारी थप जटिल हुनुभन्दा एक साता कष्ट सहेर बस्न सबैलाई आग्रह गर्दछु । यसलाई अन्यथा नलिइदिनुहोला ।’ ‘थप गरिएको निषेधाज्ञामा कसैले सूचना थाहा नपाइ खोलिएका रहेछन् भने एक पटकलाई चेतावनी दिइन्छ’, उनले भने, ‘त्यस पछि पनि अटेरी गरे कानून बमोजिम कारवाही हुन्छ ।’

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै तीब्र आलोचना सुरु भएपछि बिहीबार काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको थियो । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री होम डेलिभरी दिने व्यवस्था गरेको छ । 

नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको हो । थप गरिएको निषेधाज्ञामा पानी, दुग्ध पदार्थ बोकेको गाडी, एम्बुलेन्स लगायतका कुनै अवरोध नगरिने प्रजिअ पराजुलीले बताए ।

काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले सरकारले हालै जारी गरेको कोभिड नियन्त्रण सम्बन्धि अध्यादेशमा भएको प्रावधान अनुसार शुक्रबारबाट थप गरिएको निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE