Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीका सल्लाहकार हराएपछि प्रहरीद्वारा खोजी

१२ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला सोझा भए पनि छट्टु सल्लाहकारहरुको घेरामा पर्दा उनी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ सहयोगी र सल्लाहकारहरुले कोइरालाको नाम बेचेर मस्ती गर्दै आएका छन् । देशको नेतृत्व गरेका प्रधानमन्त्री कति कमजोर छन् भने उनले आफ्नै टिमलाई समेत राम्रोसँग नेतृत्व गर्न सकेका छैनन् । आफ्ना सल्लाहकारहरु समेतले के गर्दैछन् भन्ने थाहा हुन छोडेको छ । गतसाता प्रधानमन्त्री कोइरालाका एक सल्लाहकार बेपत्ता भएपछि बालुवाटारमा हल्लीखल्ली मच्चियो । तर प्रधानमन्त्रीले पछि मात्र उक्त कुरा थाहा पाए । कोइरालाका राजनीतिक सल्लाहकार सुबीर खनाल गत साता तीनदिनसम्म जानकारीविना नै हराएका थिए । जुन विषयलाई लिएर यतिबेला प्रधानमन्त्रीको सचिवालयमा हंगामा मच्चिएको छ । बालुवाटार स्रोतका अनुसार हराएको दोस्रो दिन पनि उनी सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गर्नुपरेको थियो । मोबाइलसमेत अफ गरेर उनी बेपत्ता भएका थिए । दोस्रो दिन पनि उनी बेपत्ता भएपछि प्रहरीलाई नै खबर गर्नुपर्ने अवस्था आएको थियो । प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन हेर्दा गंगबु देखिएको थियो । त्सपछि उनी कान्छी श्रीमतिसँग रहेको आँकलन गरिएको थियो । बहुविवाहको कारण खनालको पारिवारिक जीवन अस्तव्यस्त छ । जेठी श्रीमतिसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गरेर गोप्य राखेका कारण उनी विवादमा तानिंदै आएका छन् । त्यही तनावमा उनी तीनसम्म बेपत्ता भएको स्रोत बताउँछ । उनी हराएको सुरुमा प्रधानमन्त्रीले थाहा नपाए पनि मृदुला कोइरालाले कुरा लगाइदिएकी थिइन् । त्यसपछि खनाल र मृदुलाबीच लडाई झन् चर्केको छ । सचिवालयकै बाबुराम आचार्य, दिनेश भट्टराई, अतुल कोइराला, रमेश भण्डारीसमेत सरुवा र ठेक्काको काम मिलाउनै व्यस्त छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending