Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कानुनविपरीत पाण्डेलाई आममाफी

१२ साउन, काठमाडौं । भ्रष्टाचारको मुद्दामा जेल परेका उद्योगी प्रदिपजंग पाण्डेलाई सरकारले कानुनविपरीत बाँकी कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामवरण यादवले सोमबार पाण्डेसहित २१ जनाको बाँकी कैद सजाय माफी दिएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ सरकारले बनाएको ‘मुद्दा, माफी मिनाहा गर्दा अपनाउनुपर्ने मापदण्ड’ मा भ्रष्टाचारको मुद्दामा कैज सजाय माफी दिन नसकिने व्यवस्था गरेको छ । सरकारले आफैंले बनाएको कानुन र मापदण्ड मिचेर भ्रष्टाचार मुद्दामा पाण्डेको बाँकी कैद सजाय माफी दिएको हो । मापदण्डमा भ्रष्टाचार, मानवताविरुद्धको अपराध, भ्रष्टाचार, ठगी, राहदानी किर्ते, चेलीबेटी बेचबिखन, लागू औषध, संगठित अपराधमा कैद सजाय माफी दिन नसकिने प्रस्ट व्यवस्था गरिएको छ । गृह मन्त्रालयले पाण्डेलाई माफी दिन मन्त्रिपरिषदमा प्रस्ताव लाँदा कानुन मन्त्रालयको राय सुझावसमेत लिएको छैन । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले पाण्डेसहित २१ जनालाई माफी सम्बन्धी निर्णय गरि राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रपति रामबरण यादवले सोमबार त्यसलाई स्वीकृत गरेका हुन् । ‘नेपालको अन्तरिम संविधान २०६३ को धारा १ सय ५६ बमोजिम मन्त्रीपरिषदको सिफारिसमा विभिन्न जिल्ला अदालतबाट २१ जना व्यक्तिहरुलाई भएको सजाय तथा जरिवाना एवम् भुक्तान हुन बाँकी सजाय तथा जरिवाना माफी भएकाले यो विज्ञप्ती प्रकासन गरिएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । २१ जनाको नाम भने खुलाइएको छैन । राष्ट्रपति कार्यालय तथा गृह स्रोतले उद्योगी पाण्डेको मिनाहा भएको भने पुष्टि गरेको छ । पाण्डे भष्टाचार अभियोगको फैसला अनुसार कैद भुक्तान हुन बाँकी अवधिका लागि पक्राउ परेका थिए । गृहका एक अधिकारीका अनुसार कैद तथा जरिवाना मिनाहाको विषयमा मन्त्रालयमा छलफल नै नभई मन्त्रिपरिषद्मा प्रस्ताव गएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending