Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पाँच सयको विवादमा साथीको हत्या

११ साउन, काठमाडौं । पाँच सय रुपैयाँको विवादमा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ म्हैपीस्थित सागर अटो वर्कसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन् । कारमा ‘गियर ओयल’ हालेको पाँच सय रुपैयाँ आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर ३१ असारमा विष्टले खड्काको हत्या गरेका हुन् । घटनाको १० दिनपछि विष्ट सतुंगलबाट पक्राउ परेका छन् । सतंगुलको मकालु वर्कसपबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । आफू मदिरामा मात्तिएको र त्यही वेला विवाद भएपछि हत्या गरेको विष्टले स्वीकार गरेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्ट र खड्का दुवैजनाले वर्कसपमै बसेर मदिरा पिएका थिए । घटना भएको दिन खड्काले वर्कसपमा मर्मतका लागि ल्याइएको पिकान्टो कारमा गियर ओयल हालेका थिए । त्यसबापत साहुबाट खड्काले मात्र पैसा पाएका थिए । सो पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरेका थिए । विवादको क्रममा दुईजनाबीच हात हालाहाल भएको र विष्टले खड्कालाई फलामको गलले आक्रमण गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार खड्काले छलेपछि गलले लागेर कारको सिसा फुटेको थियो । कुटाइबाट बच्न खड्का गाडीभित्र छिरेका थिए । विष्टले गाडीको ढोका खोलेर गलले घाँटीमा रोपेका थिए । त्यसवेलासम्म खड्का अचेत भइसकेका थिए । खड्का छटपटाएको देखेपछि गलले फेरि घाँटीमा रोपेर विष्टले उनको हत्या गरेका थिए । हत्यापछि पनि विष्टले गाडीभित्र शव राखेर कैँचीले खड्काको लिंग र अण्डकोष काटिदिएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending