Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

लुम्बिनीमा राजनीति तमासा : आइबार मुख्यमन्त्री विरुद्ध अविस्वास प्रस्तावमा हस्ताक्षर, सोमबार समर्थन

खबरडबली संवाददाता

लुम्बिनी । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेको मशी सुक्न नपाउँदै लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सदस्य पुन: एमालेको संसदीय दलमै फर्किएका छन् । 

एमालेले आफुहरुको गुनासो सम्बोधन नगरेको, संसदीय दलमा विभेद गरिएको लगायत आरोप लगाउँदै आइतबार विपक्षी गठबन्धनले ल्याएको अविस्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सभा सदस्य अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव सोमबार एमालेमै फकिएका हुन् । लुम्बिनी प्रदेश सभामा  स्वास्थ्यमन्त्री हृदय त्रिपाठीको स्वतन्त्र राजनीति समूहका आवद्ध रहेका रहेका थिए । 

प्रदेशसभा सदस्य शाही र श्रीवास्तव सोमबार एक विज्ञप्ती जारी गर्दै  एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । 

 ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि  फर्केका हौं’, उनीहरुले भने, ‘प्रदेश सभा सदस्य पद जाला भन्ने डरले फर्केका होइनौं ।’ 

 तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित शाहीले  आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाउनुलाई रहस्यमरुपले हेरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending