Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

२४० क्षेत्रमा ९० प्रतिशत मत प्रत्यक्ष निर्वाचितका पक्षमा

१० साउन, काठमाडौं । नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न झन्डै ९० प्रतिशत निर्वाचन क्षेत्रबाट जनताको सुझाब आएको छ । सीमा र नामको टुंगो लगाएर प्रदेशहरू गठन गर्नुपर्ने, निर्वाचन प्रणालीअन्तर्गत कम्तीमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने आवाज पनि जोडदार ढंगले उठेको छ । हुने शासकीय स्वरुपको व्यवस्था गर्न अधिकाँश जनताले सुझाव दिएका छन् । दुई सय ४० निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासद् मध्यमा नयाँ पत्रिकाले गरेको सर्वेक्षणले धेरैजसोले जनताले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री मध्य एक हनुनुपर्ने सुझाब दिएको बताए । ७५ जिल्लाका सभासद्हरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझाब सहितको प्रतिबेदन नागरिक सम्बन्ध तथा संविधान सुझाब समितिमा बुझाईसकेका छन् । बर्षेनी सरकार परिवर्तन भइरहने संसदीय प्रणालीको विकल्प जनताले खोजेको अनुभुति आफुले पनि गरेको सभासद्हरुले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री मध्य जुन भएपनि फरक नपर्ने उनिहरुको सुझाब छ । संघिय संरचनाको टुंगो लगाएर सकेसम्म छिटो संविधान जारी गर्न पनि जनताहरुले सुझाव दिएका छन् । त्यसो गर्दा संविधान जारी गर्ने मिति पछि सार्न नहुने उनिहरुको राय छ । कस्तो संघिय संरचना बनाउने भन्ने बिषयमा मिश्रीत धारणा आएको छ । धर्म निरपेक्ष, हिन्दु र धार्मिक स्वतन्त्रता मध्य धेरैजसोले धार्मिक स्वतन्त्र राज्यको व्यवस्थागर्न सभासदहरुलाई सुझाब दिएका छन् । सर्बेक्षणका क्रममा नयाँ पत्रिकाले छानेको ४ बिषय मध्य नागरिकता सम्बन्धी व्यवस्थामा आमा वा बाबुको नामबाट नागरिकता पाउनुपर्छ भन्ने बिषयमा अत्याधिक मत देखिएको छ । कतिपयले नागरिकता सजिलै पाउने व्यवस्थागर्न नहुने सुझाब दिएका छन् भने कतिपयले नेपाली नागरिक, नागरिकता पाउने अधिकारबाट बन्चित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । ७५ जिल्लाका दुई सय ४० निर्वाचन क्षेत्रमध्ये नयाँ पत्रिकारले १ सय ५१ वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासदसँग सम्पर्क गरि जनताका राय सुझाब बुझेको हो । सर्बेक्षणमा सुझाब संकलनको बिरोध गरिरहेका, बिदेशमा भएका र प्रयास गर्दागर्दै सम्पर्कमा आउन नसकेका सभासद्हरु सहभागी भएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending