Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता

बलेवा । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।

ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६÷६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढीपहिरोका कारण क्षति भएका घरका परिबारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार बिस्थापित भएका थिए ।

बाढी पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे ।सरकारले बागलुङलाई बिपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन ।

केहीदिनदेखि जाडो बढेपछि बाढीपीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । “चिसो पालमुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर ?” पीडित चन्द्रा पुनले भने, “आँफै बनाउन सक्ने अबस्था छैन्, चिसो कसरी कटाउनु र ?”

‘छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन।” पीडित भीमबहादुर सुनारले भने, “दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु ?” नगरपालिकाले पीडितका घर बनाउने कामका लागि सङ्घीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । “केन्द्रीय बिपत व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले बिपतग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले सो कार्यविधि पर्खिँदा ढिला भएको हो” उक्त नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भने, “सङ्घ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।”

संघीय सरकारले प्राबिधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकाले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उहाँको जिकिर थियो । “सबै त्रिपालमुनी हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ। ” प्रशासकीय अधिकृत भट्टराईले भने, “चिसो जोगाउने अरु उपाय लगाउँछौं, थप पीडा हुन दिन्नौं।” जिल्लाभर यस वर्ष ५९० घरमा बाढी पहिरोले क्षति पुर्याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ ।

उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाकालागि स्थापना गरेको कोषमा हालसम्म रू दई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन् । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पशसस्तै पाएपनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies