बलेवा । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६÷६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढीपहिरोका कारण क्षति भएका घरका परिबारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार बिस्थापित भएका थिए ।
बाढी पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे ।सरकारले बागलुङलाई बिपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन ।
केहीदिनदेखि जाडो बढेपछि बाढीपीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । “चिसो पालमुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर ?” पीडित चन्द्रा पुनले भने, “आँफै बनाउन सक्ने अबस्था छैन्, चिसो कसरी कटाउनु र ?”
‘छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन।” पीडित भीमबहादुर सुनारले भने, “दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु ?” नगरपालिकाले पीडितका घर बनाउने कामका लागि सङ्घीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । “केन्द्रीय बिपत व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले बिपतग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले सो कार्यविधि पर्खिँदा ढिला भएको हो” उक्त नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भने, “सङ्घ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।”
संघीय सरकारले प्राबिधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकाले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उहाँको जिकिर थियो । “सबै त्रिपालमुनी हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ। ” प्रशासकीय अधिकृत भट्टराईले भने, “चिसो जोगाउने अरु उपाय लगाउँछौं, थप पीडा हुन दिन्नौं।” जिल्लाभर यस वर्ष ५९० घरमा बाढी पहिरोले क्षति पुर्याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ ।
उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाकालागि स्थापना गरेको कोषमा हालसम्म रू दई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन् । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पशसस्तै पाएपनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: