Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एम्बुलेन्स खरिदका लागि सहयोग जुट्दै

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ ।

‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो ।

सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट रु ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताए ।

रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताए । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास–१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेको बताइएको छ ।

उपशाखाका सभापति स्व शङ्कर गिरीका छोरा रमेश गिरीले रु १० हजार अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गरेका छन् । त्यसैगरी अभियानलाई व्यासनगरपालिका–१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा रु ११ हजार १११ प्रदान गरेका छन् ।

सो अभियानलाई व्यासनगरपालिका–१० दुम्सीस्थित शिवालय आमा समूहले रु एघार हजार १११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गरेको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताए । त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले रु पाँच हजार ५००, व्यासनगरपालिका–१० डिहीगाउँ निवासी नेत्रबहादुरले रु पाँच हजार ५५५ सहयोग गरेका छन् । त्यस्तै व्यास–१० खहरे निवासी प्रसिद्ध लोकदोहोरी गायक रमाकान्त ढुङ्गानाबाट रु पाँच हजार ५५५, ब्यास–१० डिहीकुना निवासी टीकाराम अधिकारीबाट रु पाँच हजार ५५५ सहयोग गर्नुभएको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए ।

सोही अभियानलाई सहयोग गर्दै आएका जापानमा कार्यरत नेपालीबाट सहयोग आउने क्रम निरन्तर जारी छ । हालसम्म जापानमा कार्यरत रमेश कडेलबाट रु पाँच हजार, वासु पन्थबाट रु आठ हजार, खगेन्द्रप्रसाद सापकोटाबाट रु १० हजार, प्रकाश धितालबाट रु १० हजार, गोपाल खरेलबाट रु. पाँच हजार, धार्मिका घिमिरेबाट रु पाँच हजार ५५५, जापनिज ऐन सहयोग जापानमा कार्यरत रोशन सापकोटामार्फत प्राप्त भएको कुरा उपशाखाका सचिव यामप्रसाद सापकोटाले बताए ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग रकम प्राप्त हुनेक्रम जारी रहेको उपशाखा सभापति रामदत्त पौडेलले बताए । गत भदौ १९ गतेदेखि एम्बुलेन्स खरिदका लागि अभियान थालेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending