काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र निर्देशक डा पौडेलले पिसिआर मेसिन हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कामपासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ शहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख शाक्यले भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरले कामपालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्धरुपमा हामीले सरकारी अस्पताललाई हस्तान्तरण गर्दै आएको जानकारी दिए । कामपाले यसअघि पनि उक्त अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको थियो ।
अस्पतालका निर्देशक डाक्टर पौडेलले आगामी एक हप्ताभित्रमा परीक्षण मेसिनलाई प्रयोगमा ल्याउने जानकारी दिए । अहिले पनि दैनिक २० देखि ३० जनासम्मको सङ्कलन गरिएको नमूना परीक्षणका लागि अन्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले अब अस्पतालमै मेसिन जडान भएपछि त्यो समस्या हट्नेछ भने ।
कामपाले यसअघि गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । उक्त मेसिनको मूल्य करीब रु १६ लाख पर्ने बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: