हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ । गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो ।
विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो । यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो पोखे । बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताए ।
लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताए । उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो । “अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिने छ”, उनले भने।
लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताए । लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालका लागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताए ।
जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ तर माग गरेको मध्ये अहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको छ ।
सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजार क्विन्टल स्वीकृत भएको छ । चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार १०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिए ।
यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुई÷दुई हजार क्विन्टलका दरले स्वीकृत भएको छ । छप्रेला वितरण केन्द्रका लागि ५००, याङ्गचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भएको तर बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन ।
श्रीनगर डिपोमा १५० क्विन्टल र सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात रहेको छ । ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको छ ।
स्थलमार्गबाट नेपालगञ्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु पाँच हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु पाँच हजार ४९०, धनगढीदेखि सिमकोटसम्म रु छ हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु पाँच हजार, सुर्खेतदेखि यान्चुसम्म रु चार हजार ८०० ढुवानी लाग्ने गरेको छ । यस्तै हवाई मार्गबाट प्रतिकेजी नेपालगञ्ज–सिमकोटको रु ११३ र सुर्खेत–सिमकोट ढुवानी गर्दा रु १०८ पर्ने गरेको विष्टले बताए ।
कर्णालीका अन्य जिल्लाभन्दा हुम्लाका लागि चामलको कोटा माग गर्दा केन्द्र सकारात्मक देखिएकाले विगतका वर्ष जस्तो ३० केजी चामलका लागि रु पाँच हजार तिर्नुपर्ने अवस्था हुन नदिने नहुने विष्टले बताए । खाद्यान्न ढुवानीको जिम्मा सीता र तारा एयरले लिएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: