Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बुङ्मती मोहनी नखःमा यसबर्ष क्षमापूजा मात्र गरिने

बागमती । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतीमा मनाइने मोहनी नखः पर्वमा यस वर्ष क्षमापूजा मात्र गरिने भएको छ । हरेक वर्ष यहाँ नौरथाको नवमी, दशमी र एकादशीका दिन मनाइने मनकामनामाई र हनुमान जात्रामा यस वर्ष कोभिड सङ्क्रमणलाई ध्यानमा राखी क्षमापूजामा मात्र सीमित गर्न लागिएको हो ।

बुङ्मतीमा मनाइने मोहनी नखः पर्वमा आजुअजीका रुपमा मनकामनामाईको जात्रा गर्ने चलन रहेको रातो मच्छिन्द्रनाथ जात्रा ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी गराए। उनले भने, “हामी नौरथामा यहाँ तीन दिन हरेक वर्ष जात्रा मनाउने गर्छौ । नवमीका दिन मनकामनामाईलाई मन्दिरबाट झिकेर भैरव मन्दिरमा राख्ने, विजयादशमीको दिन हनुमान जात्रा गर्ने र एकादशीको दिन आजुअजी अर्थात् मान्यजनका प्रतीकका रुपमा मनकामनामाईको जात्रा गरिन्छ ।” एकादशीको दिन बेलुका मनाकामनामाई र हनुमानलाई मन्दिरमा भित्र्याएपछि मात्र जात्रा सकिने शाक्यले बताए ।

विगत वर्षमा ती जात्रा गर्दा भव्यताका साथ भगवान्लाई खटमा राखेर टोलटोल डुलाउने चलन थियो । यस वर्ष भने कोरोनाका कारण क्षमापूजा मात्र गरेर सम्पन्न गरिने २२ नं वडाध्यक्ष अम्बिरराज शाक्यले जानकारी गराए । उनले भने, “यस वर्ष हरेक वर्षझैँ फूलपातीका दिन गोरखा दरबारबाट हनुमानढोका हुँदै बुङ्मतीमा फूलपाती ल्याउने सम्भावना नभएको हुँदा स्रोहखुट्टेसम्म नाङ्चा प्याख, बाजागाजा र बलिसहित फूलपाती लिन जाने परम्परालाई पनि क्षमापूजामा सीमित गरिने छ, नवमीका दिन बुङ्मतीको मच्छिन्द्रबहालमा गरिने कोतपर्व र सोही दिन राति गरिने मुकुन्द पूजालगायत आन्तरिक रुपमा गरिने सम्पूर्ण नियमित पूजा र मनकमनामाईको जात्रा मच्छिन्द्रबहालमा मात्र सीमित गर्ने भएका छाँै ।”

यसैगरी दशमीका दिन बुङ्मतीमा सुवालले बोकेको बिन्दु पात्रलाई ‘झौ’अर्थात् भगवान थापिएको ढुङ्गा परिक्रमा गराई भारी पूजा गरेर मनकामनामाई र हनुमान जात्रा सम्पन्न गरिने छ । एकादशीका दिन पानेजुका सम्पूर्ण आन्तरिक पूजा सकिएपछि मनकामनामाईलाई खटमा विराजमान गराएर स्थानीय भत्तजनले पूजा गर्ने तथा गराउने व्यवस्था गरेर सोही दिनको पूजा सकिएपछि मनकामनामाईलाई मच्छिन्द्रबहालमा तीन पटक परिक्रमा गराई मन्दिरमा विराजमान गराउने निर्णय भएको शाक्यले जानकारी गराए ।

ह्यग्रिब भैरवनाथ तथा ३२ पानेजु सङ्घ, ग्वा पाला गुरुजु, बाजा खल, राजनीतिक दलका प्रतिनिधि, वडाका प्रतिनिधि, प्रहरी प्रशासन तथा अन्य सरोकार पक्षको छलफलबाट सो दिन ती भगवान्का क्षमापूजा गर्ने निर्णय भएको वडाले सूचना मार्फत जनाएको छ ।

बुङ्मतीवासीले विजयादशमीका दिन कालो टीका, सिन्दूर र जमरा लगाएर दशैंँ मनाउने गर्छन् । गोरखाको मनकामनामाईलाई हरेक दिन पूजा गर्नुपुर्व पहिला काठमाडौंँतिर फकिएर पूजा गर्ने चलन रहेको सङ्घका अध्यक्ष शाक्यको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending