Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

खबरडबली संवाददाता

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्षेत्र, खुला पार्क, पदमार्ग, खेलमैदान तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने तयारी अघि बढाएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्तीको स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गर्ने जनाएको छ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार नदीको प्राकृतिक बहाव सुरक्षित राख्ने, बाढी व्यवस्थापन प्रभावकारी बनाउने र नागरिकमैत्री सार्वजनिक क्षेत्र विस्तार गर्ने उद्देश्यसहित छुट्टै गुरुयोजना तयार भइरहेको छ। योजना अन्य सहरी विकास योजनासँग समन्वय हुने गरी निर्माण भइरहेको उनले बताए।

उनका अनुसार बागमतीलाई पर्खालभित्र सीमित गर्ने होइन, बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने पर्याप्त खुला क्षेत्र सुरक्षित राख्ने अवधारणाअनुसार काम गरिनेछ। खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माणसँगै नदी किनारलाई वातावरणमैत्री बनाइने उनले बताए।

समितिका कार्यकारी अध्यक्ष डा. आनन्दसिंह भाटले भविष्यमा बागमती किनार हरियाली, खुला खेलमैदान र नागरिकका लागि आकर्षक सार्वजनिक स्थलका रूपमा विकास हुने बताए।

समितिका अनुसार बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामंगल र शंखमूललगायत क्षेत्रमा हटाइएका बस्तीका भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको छ।

बंशीघाटमा घाँसे मैदान, वृक्षरोपण, फुटबल मैदान र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने योजना छ भने विश्व निकेतन विद्यालय नजिक फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्ने तयारी गरिएको छ।

बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र हालको करिब ४० मिटरबाट ८० मिटरसम्म विस्तार गरिनेछ। त्यहाँ हरित क्षेत्र, खुला पार्क र सार्वजनिक पूर्वाधार निर्माण गरिनेछ। यस्तै, शंखमूलमा खेलमैदान तथा खेलकुद केन्द्र, गैरीगाउँ र सिनामंगलमा नदी फराकिलो बनाउँदै पार्क, पार्किङ र सार्वजनिक विश्रामस्थल निर्माण गर्ने योजना छ।

थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तार गर्दै करिडोर सडकलाई अस्पताल क्षेत्र हुँदै बंशीघाटसम्म जोड्ने योजना पनि अघि बढाइएको छ।

समितिका अनुसार चालु आर्थिक वर्षमा नदी व्यवस्थापनका लागि करिब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ भने दशैँअघि ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।

सरकारले ‘भिजन काठमाडौं–२०४०’ अन्तर्गत बागमतीसहित उपत्यकाका नदी करिडोरलाई हरियाली, खुला सार्वजनिक स्थल, ढलमुक्त नदी र आधुनिक सहरी पूर्वाधारसँग जोडेर विकास गर्ने नीति अघि बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending