महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ ।
“अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ”, उनले भने, “उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो ।” उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए । उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ । गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ ।
अभियुक्त गर्गको महेन्द्रनगर साइनो
सीमावर्ती भारतीय बजार बनबासामा जुत्ता÷चप्पलका थोक बिक्रेता सुशील गर्गको व्यापार कञ्चनपुरको महेन्द्रनगरसम्म विस्तार थियो । उनी महेन्द्रनगरका व्यापारीलाई सामान दिएर पैसा सङ्कलन गर्न यहाँ आवतजावतसमेत गर्ने गरेको यहाँका व्यापारीहरुको भनाइ छ ।
गत वर्ष अभियुक्त गर्गले लामो समयदेखि चिनजान भएका भीमदत्त नगरपालिका–६ बैजनाथ टोलका व्यापारी यज्ञराज भट्टलाई फसाएर पैसा असुल्ने षडयन्त्र बनाए । महेन्द्रनगरका व्यापारी भट्ट यतिबेला सोही सङ्गठित अपराध मुद्दामा आरोपित भई केन्द्रीय कारागार काठमाडौँमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् ।
गर्ग पक्राउ परेपछि राससको सम्र्पकमा आएका भट्टका भाइ ललितप्रसाद भट्टले दाजुले अनावश्यक दुःख पाउँदा परिवारको बिचल्ली भएको बताए । “पक्राउ परेका गर्गका भतिजा अन्नु गर्गसित दाइको चिनजान थियो, सोही आधारमा गर्गले दाइलाई साथीले पैसा पठाउँदैछ भनेर कृषि विकास बैंकको खाता नम्बर मागे”, ललितले भने, “विश्वासले दाइले कृषि विकास बैंकमा भएको खाता नम्बर दिए र रु ४५ लाख पैसा आयो ।”
सो रकम गर्ग काका÷भतिजा (सुशील र अन्नु) ले पटक–पटक बैंकबाट झिकेर लगेको भट्टको भनाइ छ । “हाम्रो कृषिमा ऋण कारोबार रहेकाले खाता थियो”, उनले भने, “दाइको विश्वासले खाता नम्बर दिनाका साथै उक्त खातामा आएको पैसासमेत झिकेर दिएपछि थाहा भयो त्यो विद्युतीय माध्यमको दुरुपयोग गरी पैसा निकालिएको रहेछ भनेर ।”
प्रहरीका अनुसार फरार रहेका सुशीलसँगै उनका भतिजा अन्नुसमेत अहिले फरार सूचीमा छन् । “गर्गले साथीले पैसा पठाउनुपर्ने मेरो यहाँ खाता छैन भनेपछि दाइ विश्वासमा पर्नु भयो”, भट्टले भने, “चिनजान लामो भए पनि विश्वास गर्नु रहेनछ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: