Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पदमार्ग सुधार भएपछि गोसाइँकुण्डको यात्रा सहज हुँदै

रसुवा । उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो ।

धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका कारण भोजन तथा बासको राम्रो प्रबन्ध भएको चन्दनबारीका होटल व्यवसायी पासाङर्घिमी तामाङले बताए ।

पदमार्ग सुधारका लागि भर्खरै गोसाइँकुण्डमा नेपाली सेना कालीजङ्ग गणबाट रेलिङ स्थापना एवं धुञ्चेको तिवारी बगर क्षेत्रमा विगतमा विश्व वन्यजन्तु कोष नामक अन्तरराष्ट्रिय गैससबाट बाटो र रेलिङ स्थापना योगदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाली सेनाको आफ्नो आन्तरिक जनशक्तिको उपयोग गरी पदमार्गमा गरेको पूर्वाधार विकासको योगदान जनहितकारी भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । लौरीविनायकबाट पश्चिम हेर्दा देखिने अग्ला हिमाल तथा प्राकृतिक छटाको मनमोहक दृश्य देखिन्छ ।

पहिले घुमाउरो असहज बाटो नुवाकोटको त्रिशूलीदेखि नै हिँड्नुपर्ने र ओढारको बास बस्नुपर्ने थियो । अहिले काठमाडौँबाट धुञ्चेसम्म नियमित बस सेवाको सुविधाले तीन दिनमै धार्मिक यात्रा सम्पन्न गर्न सकिने वातावरण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेबाट शुरू हुने पैदल यात्राका क्रममा तिवारी बगर, खन्ती, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्पाटी, लौरीविना, गणेशगौँडा, तेर्सो ककरोभीर हुँदै गोसाइँकुण्ड पुग्न सहजता आएको छ ।

गङ्गादशहरा र जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्ने भए पनि विसं २०७२ को भूकम्पपछि बाह्रै महिना दर्शनका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने वातावरण बनिसकेका अवस्थामा हाल कोभिड –१९ का कारण फाट्टफुट्ट मात्र आउने गरेको होटल व्यवसायी तामाङले बताए ।

गोसाइँकुण्ड जाने भक्तजनलाई लौरीका लागि वनस्पति नोक्सान नगर्न नगराउन र फोहरमैला तोकिएको सुरक्षित स्थानमा मात्र फ्याँक्न सबैमा आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending