बागलुङ । सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ । यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो ।
टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गा र शुक्रबार बागलुङ नगरपालिका–३ रातामाटास्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा अनुगमन गरेको थियो । कुल एक सय ५५ सवारीसाधनको अनुगमन गरिएकामा २३ दशमलव ४८ प्रतिशतले ५० प्रतिशतभन्दा बढी यात्रु राखी भौतिक दुरी कायम नगरेको पाइएको हो ।
यस्तै ७.०६ प्रतिशत यात्रु र ४७ दशमलव ०६ प्रतिशत चालक/सह–चालकले मास्क प्रयोग नगरेको, १५ दशमलव ६७ प्रतिशत सवारीसाधनमा सेनिटाइजरको व्यवस्था नभएको, शत प्रतिशत चालक/सह–चालकले भाइजर र पञ्जा प्रयोग नगरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले बताए ।
“सार्वजनिक, निजी दुवै यातायातका साधनमा अझै पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना भइरहेको छैन”, उनले भने, “अनुगमनसँगै चालक र यात्रुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना पनि प्रदान गरिरहेका छौँ ।” प्रमुख थापाका अनुसार कतिपय चालकले यात्रुबाट तोकिएभन्दा बढी भाडासमेत असुल्ने गरेको भेटिएको छ ।
बढी यात्रु बोकेका, कागजात नभएका, बढी भाडा लिएका सवारीचालकलाई न्यूनतम जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ । कर नुबझाएका र कागजात नवीकरण नगरेका चालकलाई कार्यालयमा उपस्थित हुन लगाइएको छ ।
अनुगमनका क्रममा मास्क, स्वास्थ्य तथा सुरक्षा मापदण्ड सम्बन्धी पर्चासमेत वितरण गरिएको थियो । कोरोना महामारीलाई दृष्टिगत गरी सरकारले ल्याएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका–२०७७ ले तोकेका सात वटा सूचकका आधारमा अनुगमन गर्ने गरिएको छ ।
निर्देशिकाले सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क लगाउनुपर्ने, यात्रु चढ्ने बेलामा ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड तोकेको छ ।
यस्तै चालक तथा सह–सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र भाडादरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सकिने व्यवस्था छ ।
यातायात व्यवस्था कार्यालयले म्याग्दी, मुस्ताङ र पर्वतसम्मै पुगेर सार्वजनिक सवारीको अनुगमन गरिने जनाएको छ । अनुगमन टोलीमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले मापदण्ड हाम्रै स्वास्थ्य सुरक्षाका लागि ल्याइएकाले कसैले पनि लापरवाही गर्न नहुने बताए ।
उनले जनस्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेमा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सकिने उल्लेख गरे । अनुगमन÷निरीक्षणमा बागलुङका प्रमुख जिल्ला अधिकारी सरेश न्यौपाने पनि केहीबेर सहभागी भएका थिए । उनले स्वास्थ्य सुरक्षाका उपाय अनिवार्य अपनाउन सबैमा अनुरोध गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: