Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

बाजुरामा नागरिकता बनाउनेको भीड

मार्तडी । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ ।

कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले दैनिक ७० देखि ९० जनाले कार्यालयबाट नागरिकता बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।

नागरिकता बनाउन कानूनी प्रावधान पुगेका १६ वर्षभन्दा माथिका बालबालिका र अन्य सेवाग्राहीले नागरिकता बनाउन आउन थालेपछि भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । नेपाली नागरिकता लिनका लागि १६ वर्ष अनिवार्य पुगेको हुनुपर्ने कानूनी प्रावधान रहेको छ । नागरिकता बनाउन आएका सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी नागरिकता दिने गरेको सहायक प्रजिअ भण्डारीले बताए । नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।

नागरिकता लिन आएका सेवाग्राहीलाई नागरिकतामा हस्ताक्षर मात्र नभई उनीहरुलाई सामाजिक सचेतनासम्बन्धी जानकारी दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । नागरिकताका बनाउन आएकाहरु राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न सहज भएको छ । नागरिकता बनाइ सकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिक रुपमा २० देखि ३० सम्म मात्र हुने गरेको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन २० भन्दा माथि सङ्कलन गर्न सकिने गरेको परिचयपत्र विवरण सङ्कलक जयबहादुर ऐडीले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयंव्यक्तिको विद्यालयको प्रमाण नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति आमाबुबाको नामसमेत फरक हुने गरेकाले उनीहरु दुःख पाउने गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies