कैलाली । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका हुन् ।
“हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौँ । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन”, मधुले भने । सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको उनले बताए । “आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागेका हुन् । त्यसपछि हामी चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा परयौँ । सानो भाइ आशीष अहिले तीन वर्षको भयो । बाबाले पनि छाडेको पनि तीन वर्ष नै पुग्यो”, मधुले रुन्चे स्वरमा आफ्ना वेदना पोखिन् । भारतमा मजदुरी गरेरै हुर्काएको एक महिनाको भाइ अहिले तीन वर्ष पुगेको छ ।
“भारतमा कोरोना फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन । सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि कैलाली आयौँ । कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा पाएपछि नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका हौँ”, मधुले भनिन् । उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौँतारिँदै जुम्लासम्म आइपुगेको उनको भनाइ छ ।
जुम्ला पुगेको दुईचार दिनपछि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५०० रुपैयाँले बिहानबेलुकाको छाक टार्दै आएको मधुले सुनाइन ।
बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरे । जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो । प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको हो ।
बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए । उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । “बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, “यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौँ । बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको छ ।”
अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायीरूपमा सेवा केन्द्रमा राखिए पनि दुई बालिका १६ र १७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो । उनले भने, “यस्ता बालबालिकाको अभिभावक भनेको राज्य नै हो । त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौँ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: