Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

पर्यटकीय गतिविधि ठप्प भएपछि सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।

जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन् ।

पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ । भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।

जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा हाराहारी जग्गा खोजी भइरहेको छ । तिवारीका अनुसार जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने छ । हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरुलाई सदस्य बनाइने छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्ती मध्ये बूढा र अस्वस्थ हात्तीलाई काममा लगाईने छैन । प्रजनन योग्यलाई प्रजनन कार्यमा लगाइने छ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइने छ । क्रमशः ठूलो जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना व्यवसायीले बनाएका छन् ।

भट्टराईका अनुसार भविष्यमा हात्ती चढ्ने कुरालाई भन्दा हात्तीसँग खेल्ने र रमाउने गरी गतिविधि गर्ने तयारी गरिएको छ । हात्तीलाई छुट्टाछुट्टै पालनपोषण र रेखदेख गर्दा खर्च बढी हुने भएपछि यो अवधारणा ल्याइएको हो । यसले खर्चमा कमी ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् । एउटा हात्तीलाई एक महिनामा रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । भाडामा लिएका हात्तीको भाडा मासिक रु ५०र६० हजार तिर्नुपर्ने हुन्छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरुमा घुमाउने गर्दछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE