Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नेप्सेमा झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ ।

कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु २१ खर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३.७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ । यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उतपादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ । होटल समूहका रहेको सो कम्पनीको आज अप्रत्यासित कारोबार भएको छ । सो कम्पनीको रु ४८ करोड ५६ लाख ५१ हजार ८७९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी रु १४ करोड २७ लाख ९७ हजार ९७९, कुमारी बैंक रु १३ करोड १५ लाख ५४ हजार ३८४, सिभिल बैंक रु ११ करोड १० लाख १२ हजार ९३१, नेपाल पुनर्बीमा कम्पनी रु नौ करोड एक हजार ४१५ र अपि पावर कम्पनीको रु आठ करोड ६५ लाख ९७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबारका आधारमा आज वेस्ट फाइनान्स कम्पनी ९.९२, माउण्टेन हाइड्रो नेपाल ९.६८, नेपाल फाइनान्स ९.५५, रैराङ हाइड्रो पावर कम्पनी ९.५२, घलेम्दी हाइड्रो पावर ९.४७, बरण हाइड्रो पावर ९.४० र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ७.११, यूनाइटेड मोदी हाइड्रोपावर ५.२६, यूनाइटेड फाइनान्स ४.९६, रिडी हाइड्रोपावर ४.५२ र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies