बाजुरा । बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । बाजुराको हावापानीमा फलेको अर्गानिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको होे ।
वर्षभरि भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीय उपभोक्ता स्वदेशमै उत्पादन भएको स्याउ आफ्नै बजारमा पाउँदा खुशीसमेत देखिएका छन् । बाजुराको स्याउ खरिद गर्दै गरेको भेटिनुभएका धनगढीका दानसिंह बोगटीले भने, “स्याउ स्वादिलो मात्र नभई भारतीय क्षेत्रबाट आउने स्याउको बजार मूल्यभन्दा सस्तो पनि छ ।”
जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्वामीकार्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका क्षेत्रमा स्याउको उत्पादन हुने गरेको छ । तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा बाजुराको स्याउ पर्न थाले पनि यसको ढुवानी गर्न भइरहेको समस्याले सहजरूपमा बजारीकरण गर्न समस्या हुने गरेको छ ।
सुर्खेत–बाजुरा जोड्ने ९कर्णाली करिडोर०को सडक र सिलगढी– साँफे–मार्तडी–कोल्टी जोड्ने सडक भत्किएका कारण उत्पादित स्याउ शहरी क्षेत्रमा पुर्याउन कठिनाइ भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले बताए । “बारीमा अर्गानिक स्याउ फलेको छ, बजारका उपभोक्ताको जिब्रो रसाइरहेको छ”, जैशीले बताए, “तर ढुवानीको समस्या भइरहँदा उत्पादित स्याउ बारीमा नै कुहिने समस्या छ ।”
धनगढीका टोलटोलमा पुगेरस्याउ बिक्री गरिरहनुभएका स्थानीय सुरेन्द्र थापाले पछिल्लो एक हप्ताभित्र दुई हजार २०० किलो स्याउ बिक्री भएको र थप स्याउ मगाइएको बताए । “स्याउ उत्पादनस्थलमा शुरुमा मान्छे, त्यसपछि कतिपय ठाउँमा खच्चर र ट्र्याक्टरमार्फत ढुवानी गरी कोल्टी विमानस्थल पुर्याइयो”, थापाले भने, “कोल्टीबाट हवाई जहाजमार्फत नेपालगञ्ज हुँदै ट्रकमा धनगढीसम्म ढुवानी गर्नु पर्यो ।” दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट यो वर्ष ७०० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ धनगढी लगायतका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई कार्टुन उपलब्ध गराउनुका साथै ढुवानीको सहयोग गरेको छ । धनगढी, अत्तरियालगायतका शहरी क्षेत्रको फलफूल बजारमा बढी परिमाणमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोवार हुँदै आएको छ ।
स्याउ फल्ने गाउँमा कुनै समय एक दाना स्याउको एक रुपैयाँमा पाउने गरेका किसानले विस्तारै स्याउको मूल्य पाउन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख जैशीले बताए । “गएको वर्ष कृषकले प्रतिकिलो रु १५ देखि २५ पाएका थिए”, जैशीले भने, “यस वर्ष प्रतिकिलोको रु ४० देखि ५० सम्म मूल्य पाउन थालेका छन् ।” स्याउ उत्पादन हुने क्षेत्रमा शीतभण्डार गृह र स्याउको जाम, जुस र वाइनको प्रशोधन केन्द्र स्थापनाको पहल भइरहेको छ ।
प्रदेश सरकारले मुख्यमन्त्री कृषि विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी रु ५० लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट स्याउ खेतीको क्षेत्र विस्तारका साथै स्याउ ढुवानीमा अनुदानलगायतमा सहयोग गर्न लागिएको जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: