काठमाडौँ । माग घटेको भन्दै चार वर्ष अघिदेखि रोकिएको फर्नेस आयलको बिक्री पुनः सुरु गरिएको छ । नेपाल आयल निगमले व्यवसाय विविधीकरण गर्नका लागि भन्दै फर्नेस तेल बिक्री सुरु गर्ने भएको हो । बजारमा यस्तो तेलको माग बढ्न थालेको र कारोबारलाई व्यवस्थित गर्ने भन्दै निगमले अब निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिनेछ । निजी क्षेत्रले निगमको अनुमतिमा ल्याएर बिक्री गर्न पाउनेछन् ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले फर्नेस आयल बिक्री कार्यलाई एकदर प्रणालीबाट बिक्री गर्न पुनः निगमले फर्नेस आयल खुला गरिएको जानकारी दिए । उनले हाल निजी क्षेत्रले गर्दै आएको सो व्यापारलाई आफ्नो क्षेत्राधिकारभित्र ल्याउँदै निगमले बिक्री खुला गरेको बताए । उनले यसका लागि निगमले पीडीयो खुला गरिएको जानकारी दिए । निगमले फर्नेस आयल बिक्री गर्न थालेपछि निजी क्षेत्रले आफैँ आयात गरेर कारोबार गर्न पाउने छैन ।
फर्नेस आयल खरिदका लागि निगमले तोकेका तीनओटा कार्यालय तोकेको छ । प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं.२ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ । नेपालमा खासगरी यो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिदैं आएको छ । यद्यपि नेपालमा हालसम्म कति र कुन कुन कम्पनीले यस्तो तेल आयात गरी कारोबार गर्दै आएका छन् भन्ने एकीन तथ्यांक भने नभएको निगमको भनाइ छ ।
पछिल्लो समय नेपालमा यस्तो तेलको माग बढेको र निगम पनि व्यापार बिबिधिकरण बिस्तार गर्ने तयारीमा रहेका बेला लाभदायी हुने देखेपछि निगमले बिक्री अनुमति खुला गरेको छ । नेपालमा यो तेलको बिक्री बितरण हुँदै आए पनि पारदर्शी र प्रतिस्पर्धी नहुँदा निगमले व्यवस्थित गर्न खोजेको हो ।
निगमका अनुसार फर्नेस आयलको उच्चतम प्रयोगकर्ता नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भइ माग घटेपछि निगमले यसको बिक्री बितरण रोकेको थियो । निगमले फर्नेस तेल आर्थिक वर्ष २०७३/७४ मा ३६ टन आयात गरेको थियो । वर्ष २०७२/७३ मा ७७ टन आयात गरेको थियो । २०७१/७२ मा आठ सय ८३ टन आयात गरेको थियो भने २०७०/७१ म हजार १ सय ७१ टन आयात गरेको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ । अहिले डिजेलको कारोबार प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको छ, भने फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्ममा बिक्री हुन्छ । फर्नेस आयल बिक्रीको एकाधिकार हातमा ल्याएपछि निजी क्षेत्रले गर्दै आएको कारोबार थप व्यवस्थित हुँदै जाने अपेक्षा निगमको छ । निगले फर्नेस तेलको मूल्य प्रति टन ५३ हजार ८ सय ३६ रुपैयाँ निर्धारण गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: