Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

धादिङ । मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् ।

मध्य धादिङस्थित साङकोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आएकाले लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थालेका हुन् ।

“पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन”, उनले भने्, “कतारमा सेक्युरिटी गार्डको जागिर मिलेको थियो । विदेशमा सेक्युुरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन् ।” विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गर्नुभएका लेकबहादुर बन्दाबन्दीको अबधिमा रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका छन् ।

धादिङ । थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उनको भनाइ छ । छ सय बोइलर कुखुरा पालेर रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका लेकबहादुरले आफूलाई यही पेसाले काम र आम्दानी दुवै दिएको बताए । विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताए । विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टी दिएको उनको भनाइ छ ।

लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी (कोभिड–१९) ले सिर्जना गरेको बरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ । यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ । हजारौं लेकबहाखुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending