Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

निकुञ्ज क्षेत्रमा बढ्दै लोपोन्मुख दुर्लभ चरा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको सङ्ख्या बढेको उनले बताए । माछा मार्न खोलामा विषादी हाल्ने क्रम रोकिएपछि पनि चरा संरक्षणमा सहयोग पुगेको छ ।

राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भँुडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको सङ्ख्या बढेको बिंडारीले बताए । नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उनले बताए । चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातीका चराको अवस्था पनि राम्रो छ । चितवनमा गिद्ध प्रजातीको चरा कम हुँदै गएपनि नवलपुर क्षेत्रमा सङ्ख्या बढ्दो छ । राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताए । चितवनमा आधाभन्दा बढि प्रजातीका चराको सङ्ख्या बढेको छ ।

लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको सङ्ख्या उल्लेख्य देख्न सकिन्छ । कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन् ।

चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान)को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचिकृत छ । ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरी गुण लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन् ।

विश्वबाट लोप हुन लागेका ४४ प्रजातीका चरा नेपालमा पाइन्छन् । तीमध्ये चितवनमा मात्रै ३४ प्रजातीका चरा पाइन्छन् । नेपालमा पाइने ८४१ प्रजातीका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातीका चरा पाइन्छन् । नेपालमा विभिन्न सङ्घ संस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending