Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कोरोनाका कारण कामदार अभाव भएपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

बढ्दो कोरोना सङ्क्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए । उनले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए । उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व सङ्कलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

सिमेन्ट उत्पादन तथा सिमेन्टसम्बन्धी प्रविधि विस्तारमा हुवासिन विश्वमै अग्रणी स्थानमा रहेको छ । हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुङ्गा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा रु १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending