काठमाडौँ । राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल भदौ २७ गते परेको आफ्नो जन्मदिन असहाय गाईबाच्छासँग मनाउन गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित आश्रयस्थल पुगे । गाईबाच्छा संरक्षण स्थलमा पुगी उनले दाना पिठो खुवाउँदै माया साट्नु भएको हो । उपप्रमुख नेपालले सडकबाट उद्धार गरी ल्याइएका गाईबाच्छाका लागि दाना पिठो र औषधोपचारका लागि रु छ हजार उपलब्ध गराए ।
छाडा गाईबाच्छा संरक्षण गरेर अभियानले राम्रो काम गरेकाले व्यक्तिगत तवरबाट सहयोग गरी प्रोत्साहन गर्न आफू आश्रयस्थल पुगेको उनले बताए । राजधानीको काठ क्षेत्रमा गाई फार्म बढेकाले तिनमा अनुगमन बढाउने, नगरपालिकाका तर्फबाट कानून बनाएर व्यवस्थित गर्न पनि आफूले नगर कार्यपालिका र नगरसभामा प्रस्ताव गर्ने उनको प्रतिबद्धता छ ।
गाईपालकले बाच्छा जन्मिएको एक दुई हप्तामै छाडा छोड्छन् । छाडा छोडेका गाईबाच्छाप्रतिको दायित्व निर्वाह गर्न गोदावरी सफाइ अभियानकर्मी बेवी राजभण्डारीले पनि आफ्ना पिता स्व बुद्धिमान राजभण्डारीको भदौ २७ गते परेको पुण्य तिथिका अवसरमा दाना पिठोका लागि रु दुई हजार हस्तान्तरण गरे । यसैगरी भदौ २८ गते प्रणव पुडासैनी र २९ गते परेको प्रज्ञान पुडासैनीको जन्मदिनका अवसरमा अभिभावक परशुराम पुडासैनीले रु पाँच हजार संरक्षण अभियानलाई दिए ।
यसैबीच सपना सापकोटाले आफ्नो छोराको जन्मदिनका अवसरमा असहाय गाईबाच्छाका लागि ३० केजी पिठो दिए । रञ्जना दाहालले पनि आफ्नो जन्मदिनका अवसरमा पिठो उपलब्ध गराउनु भएको असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले बताए । घाइते गाईबाच्छाको उपचारका लागि भने बढी खर्च हुने गरेको अभियानले जनाएको छ । प्रत्येक दिनजसो मनकारीहरु जन्मदिनको अवसर पारेर आश्रयस्थल आई गाईबाच्छाका लागि सहयोग गर्ने गरेका छन् ।
छाडा गाईबाच्छा तस्करी हुने, सडकमा दुर्घटना गराउनेलगायत समस्या भएकाले पनि यिनलाई व्यवस्थित गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भेग र पशुपति क्षेत्रले उपलब्ध गराएको जग्गा गरी दुई स्थानमा करिब ३०० असहाय गाईबाच्छालाई संरक्षण गरेको छ ।
दाताकै सहयोगमा छाडा गाईबाच्छाका लागि आहारा, उपचारलगायत सेवा जुटाइन्छ । गाईपालकले बाच्छा जन्मिएमा सडक, मठ, मन्दिर, नदी किनारमा लगी छाड्छन् । गाईलाई पनि बूढो भएपछि छाडा छोड्ने समस्या विकराल बन्दै गए पनि समाधानका लागि कुनै तहका सरकारले काम गरेका छैनन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: