Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

युवा सङ्घको साताव्यापी रक्तदान अभियान, २१२ युनिट रगत सङ्कलन

कास्की । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ ।

यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो । रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासङ्घ कास्कीले भदौ १७ गतेदेखि आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको छ ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१औँ स्मृति दिवसको सन्दर्भ पारेर कोरोना कहरका बीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।

रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । उनका अनुसार निषेधाज्ञा अलि खुकुलो भएपछि नियमित कार्यक्रमको तालिकासमेत बन्न शुरु भएकाले अब अभाव नहुने विश्वासमा रहेको जनाए ।

हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे । “एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलोपटक हो, उनीहरुले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ”, ज्ञवालीले भने, “आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ ।”

राजनीतिसँगै युवालाई सामाजिक कार्यमा जोड्ने योजनाअनुसार राष्ट्रिय युवा सङ्घले पोखरामा वर्षेनी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो । सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताउछन् ।

“हामी राजनीतिक सङ्गठन हौँ, तर सङ्कटको बेलामा त्यससँग जुध्दै सामाजिक कार्य गर्न सक्षम छौँ भनेर प्रमाणितसमेत गरेका छौँ”, पौडेलले भने, “यसबाट लामो समय निष्क्रिय सङ्गठनका नेता कार्यकर्तालाई समेत योजनामा जोडेर क्रियाशील बनाउन र समस्या पर्दा युवा जनताको साथमा उपस्थित रहन्छ भन्ने सन्देश दिन सफल भयौँ ।”

युवा नेता विनय थापा प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्रम गरिएको बताउँदै युवा जहिले पनि रचनात्मक र सामाजिककार्यमा क्रियाशील हुँदै आएको बताए । जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ छ । उनले भने, “चुनौतीका बीचमा एक दिन कार्यक्रम गरे पनि हुन्थ्यो तर अप्ठ्यारो अवस्थाको सामना गरेर एक सातासम्म राम्रोसँग व्यवस्थित हिसाबले सफल भयो ।”

कोरोना कहरका बीचमा शहीदको स्मृति दिवस पारेर आयोजना गरिएको कार्यक्रमले शहीदप्रति समेत सम्मान भएको राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य पूर्ण लामा बताउछन् । “हाम्रो कार्यक्रमले युवाहरु सङ्कटका बेलामा समेत एकजुट हुन सक्छन् भन्ने सन्देश दिएको छ, अप्ठ्यारो समयमा समेत युवाहरु रगत दिन तयार भए । यसले शहीदप्रतिसमेत सम्मान भएको छ”, उनले भने।

पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त सङ्कलन एम्बुलेन्स बसमार्फत रक्तदान कार्यक्रम हुँदै आएको छ । केन्द्रले दुई वा सोभन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा सम्बन्धित व्यक्ति रहेकै स्थानमा एम्बुलेन्स बस पठाउने गरेको छ । केन्द्रले पूर्वनिर्धारित कार्यक्रम स्थगन नगर्न र नियमित रक्तदानका कार्यक्रम गर्नसमेत आग्रह गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending