सौरहा । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको व्यवसायीहरु बताउँछन् ।
जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र ‘सिल’ गरेको थियो । अहिले सौराहा कोरोनामुक्त भइसकेको छ । चैतको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुराँहरु बन्द भएका छन् ।
कोभिड–१९ को त्राससँगै फाट्टफुट्ट मात्र अन्तरिक पर्यटक आउने गरेका थिए । बेमौसम९अफसिजन०को समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरु निराश बनेका छन् । सौराहामा असारदेखि असोजसम्मको समय अफसिजनका रूपमा लिइन्छ । व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन् ।
पर्यटन व्यवसायी टीका गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताए । पर्यटक नभएपछि अहिले सबैजसो होटल तथा रेष्टुराँहरुमा ताला लागेको उनको भनाइ छ । बैंकको ब्याज तिर्न नसक्दा ठूलो मर्का परेको छ, उनले भने,“राज्यले ब्याजमा छुट हुने भने पनि त्यसो भएन । कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो ।”
बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहनुभएका व्यवसायी नगेन्द्र चापागार्इंको पीडा पनि उस्तै छ । उनी अहिले एक पटक दुई हजार जना अटाउने सभाहल निर्माण गर्दै छन् । सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उनलाई बैंकको ब्याज भएको छ । पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उनले बताए । “यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ”, उनले भने, “कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ । कतिपय व्यवसायी साथीहरु होटल बिक्री गर्नेसम्म पुगेका छन् ।”
अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताए । सरकारले ब्याजमा छुट गर्न बैंकहरुलाई आह्वान गरेसँगै चैत, वैशाख र जेठ महिनामा दुई प्रतिशत छुट पाएको उनको भनाइ छ । असारदेखि बैंकहरुले कुनै छुट नदिएपछि व्यवसाय थप धराशीय बनेको बताए ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताए । “अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ”, उनले भने, “न साँवा फिर्ता गर्न सक्छौँ, न त ब्याज नै । होटल खोलेर मात्रै पनि भएन । अहिले पर्यटक आउने सम्भावना नै छैन ।”
विद्युत्को महसुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उहाँ बताउनुहुन्छ । विद्युत् महसुल बुझाउन नसकेपछि विद्युत् प्राधिकरणले लाइन काट्न शुरु गरेको उनको भनाइ छ । थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उनले बताए । नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: