Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

धान बालीमा गबारोको प्रकोप

पाल्पा । धान बालीमा गवारो रोगले सताउन थालेपछि कृषक समस्यामा परेका छन् । यस वर्ष समय अनुकूल भएकाले राम्रो धान उत्पादन हुने आशा गरेका कृषकलाई बालीमा गबारोले सताएपछि उत्पादन घट्ने चिन्ताले सताएको छ ।

गवारो लागेपछि रामपुर नगरपालिका –६ विजयपुरका कृषक हरिप्रसाद गैरे चिन्तित छन् । उनको सात रोपनी खेतमा लगाइएको सबै धानमा गबारोको प्रकोप देखिएको छ ।

यसभन्दा अघिल्ला वर्ष कृषकले सावित्री, हाइब्रिड, रामधान जस्ता धानको बीउ लगाउँदै आएका थिए । धानको मूल बीउ उत्पादनका लागि प्रदेश नम्बर ५ सरकारद्वारा कोभिड लक्षित कार्यक्रमअन्तर्गत रु एक लाखको सहयोगमा राधा १४ जातको धानको बीउ कृषकलाई वितरण गरिएको थियो ।

मूल बीउ उत्पादनका लागि लगाइएको धान बालीमा गबारोको समस्या देखिएपछि बीउ जोगाउनै मुश्किल पर्ने कृषक लेखनाथ रेग्मीले बताए । यहाँ सातबीसे कृषक समूहले आठ वर्षदेखि नै धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ । बीउ उत्पादनका लागि दुई सय रोपनी क्षेत्रफलमा ३६ घरपरिवारका कृषकले लगाएको धानमा गबारोको प्रकोप देखिएको समूहका अध्यक्ष धर्मराज ढकालले बताए ।

नगरपालिकाभित्र राधा १४ र सावित्री जातका धानमा बढी गबारोको समस्या देखिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार विशेष गरी धानको बीउ उत्पादन क्षेत्र र स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित क्षेत्रमा लगाइएको धानमा गबारोको प्रकोप बढी देखिएको पाइएको छ ।

धानको ब्याडदेखि नै गबारोले सताउने हुँदा शुरुमा नै पहिचान गर्न सकियो भने रोगबाट धानबाली बचाउन सकिन्छ । गबारो रोग नियन्त्रणका लागि बजारमा आएका विभिन्न विषादी प्रयोग गर्न कृषि शाखा प्रमुख पाण्डेयले अनुरोध गरे ।

नगरपालिका क्षेत्रमा पन्ध्र दिनअघिदेखि गबारोले सताएको छ । धानबालीमा आवश्यक पर्ने सूक्ष्म तत्वको कमीका कारण गबारोको समस्या निम्तने गर्छ । रामपुरबाहेक अन्य कुनै पनि स्थानमा गबारोको समस्याबारे कार्यालयमा हालसम्म जानकारी नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागबानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

उनका अनुसार गबारोको प्रकोप बढ्दै गएमा ज्ञानकेन्द्रले स्थलगत रुपमा आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरी उपचार पद्धतिबारे कृषकलाई जानकारी दिनेछ । धानको तलको भागमा सानो सेतो खालको कीरा शुरुमा लाग्छ । पछि लामो हुँदै ठूलो पुतली बनेर सताउँछ । यसले धानको गुबो नै काटेर खाइदिने र उत्पादनमा ठुलो नोक्सान पुर्याउने हुँदा पहिले नै सतर्क रहन कृषि प्राविधिकले आग्रह गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies