Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

क्यान्सर अस्पतालको पिसिआर परीक्षण प्रयोगशाला तयार

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । उनले भने “क्रश चेकिङ्गको काम भइरहेको छ । अब हामी परीक्षण गर्न सक्छौँ ।”

अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रयोगशालाको निरीक्षण गरी अनुमति दिन अनुरोध गरिसकेको छ । गौतमका अनुसार मङ्गलबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परीक्षण शुरु हुने भएको हो । सङ्क्रमण बढ्दै गएका कारण पिसिआर परीक्षणबिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेपछि आफ्नै प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने गरी व्यवस्थित गरिएको हो ।

आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाइ भइरहेको भन्दै गौतमले भने “धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।” गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षण प्राथमिकतामा राखिने छ । शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा सञ्चालक समितिले गर्ने उनले जानकारी दिए ।

प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशाला त्यति नै क्षमताको हो । क्यान्सर अस्पतालमा प्रयोगशाला सञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् । हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies