Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रोपाइँ गर्न नपाएपछि महोत्तरीका किसान निराश

महोत्तरी । असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महिना महोत्तरीका किसानका लागि यसपाली उत्साहपूर्ण देखिँदैन । असार दोस्रो साता बित्नै लाग्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसानलाई असार नीरास बनेको हो । खेतमा पानी नभएपछि जिल्लामा मध्यअसार हुनै लाग्दासम्म रोपाइँको सुरसार नभएको किसान बताउँछन् । “यसपाली छिटफुट पानी त पर्दै आएको हो, बिउ त कसैगरि हुर्काइयो, तर के गरौँ खेत हिलाम्य हुने गरी पानी नपरेपछि रोपाइँ गर्न पाइएको छैन”, भङ्गहा नगरपालिका–४ रामनगरका ३५ वर्षीय किसान चन्देश्वर राय दनुवारले बिरक्तिदै भने । जिल्लामा यसपाली जेठभरिनै जसो पानी परी रहेपनि बीउ हुर्केयता खेत हिल्याउने गरी पानी नपरेपछि यहाँ मध्यअसार हुनैलाग्दा पनि सघन रोपाइँ शुरु हुन नसकेको दनुवारको भनाइ छ ।

समयमा धानको बिउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले पर्याप्त पानी नहुँदा यहाँका किसान आकासतर्फ हेर्दै दिन बिताउँदैछन् । “खेतीका लागि पहिलो कुरा सिँचाइको प्रवन्ध हुनपर्ने हो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भने, “हाम्रो त वस्ती नजिकका नदी खोल्सीका घरखेत बगाउने र बर्खेभेलले बिजोग बढाउने मात्र छन्, बाँधपैनीको प्रबन्ध नहुनु, बीउमल कहिल्यै ढुक्कसँग पाउन नसक्नु र आम किसानसम्म सुविधा नपुग्नु राम्रो खेती हुन नसक्नुका मुख्य समस्या हुन् ।”

सरकारले किसानलाई दिने भनिएका कृषिऋण, अनुदान र अन्य सुविधा टाठाबाठाले नै हड्पिदा सर्वसाधारण किसानसम्म सरकारी सुविधा नपुगेको महतोको थप गुनासो छ ।

यतिखेर घरगुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान परिवारको पालनपोषण यसपाली कसरी गर्ने भन्ने चिन्तामा छन् । मुख्यबाली मानिएको धान नै समयमा लगाउन नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोल्ने गरेको भङ्गाहा–४ कै किसान दिपमायाँ श्रेष्ठ बताउछन् ।

जेठको तेस्रो साताभित्र बीउ राखीसक्ने र असार तेस्रो साताभित्र धान रोप्ने काम सक्ने किसानको तालिका यसपाली पानीको अभावले खज्मजिएपछि आम किसानमा अन्नको सङ्कट हुने डर बढेको हो ।

असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन ९कलम० को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन् । तर, धेरैजसो आकासे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि रनभुल्लमा परेको औरही नगरपालिका भोइल बस्तीका किसान मोहन महतो बताउछन् ।

महोत्तरीमा कूल खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये करिब ५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ । तर, कहिले पानी, बिउ, कृषि जनशक्ति र कहिले मलको अभाव हुनेहुँदा कहिल्यै पुरापुरी रोपाइँ हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन् ।

पानीको अनुकूलता÷प्रतिकूलतामा धान खेतीको क्षेत्रफल बर्सेनी घटबढ हुने गरेको छ । जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित रहेकाले यहाँको धेरैजसो खेती आकाशे पानीमै भर पर्नु पर्ने स्थिति रहेको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलङ्गवा (महोत्तरी र सर्लाही कार्यक्षेत्र) सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादब बताउनुनुहुन्छ । महोत्तरीमा असारमध्ये हुँनै लाग्दासम्म १०/१२ प्रतिशतमात्र रोपाइँ हुन सकेको छ ।

जिल्लामा रातु, बडहरी, ओक्सी, जङ्घा, मरहा, भब्सी, कुटमेश्वरी र बाँकेलगायतका नदी बगेपनि यी यसको पानी खेतबारीमा सिँचाइ गर्न नभएर बर्खेभेलमा घरखेत बगाउने, कटान गर्ने पीडादायीमात्र रहँदै आएका आम किसानको दुखेसो छ ।

“जिल्लामा प्रत्येकजसो बस्ती छेउमै नदी बग्छन्”, जिल्लाकै एकडारा गाउँपालिकाको बेला बस्तीका अगुवा किसान इलियास अन्सारीले भने, “तर, नदीको पानी खेतमा सिँचाइका लागि व्यवस्थित गर्न नसकिदा बर्खेभेलले घरखेत बगाउने त्रासमा पो बस्नु परेको छ ।” जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहले कृषि पहिलो प्राथमिकता रहेको बताउँदै आएपनि मुख्य कुरा सिँचाइ प्रबन्ध गर्न रुची नदेखाएका किसान बताउँछन् ।

यसैबीच सुख्खाखडेरी, अल्पवृष्टि, अनावृष्टि र बाढीपहिरोको मुख्य कारण चुरेक्षेत्र र नदीमा हुने अनियन्त्रित उत्खनन् भएको डा बिजयकुमार सिंह बताउछन् । “चुरेक्षेत्रका पर्वत श्रेणी ठूलठूला मेसिन लगाएर ढालिदै छन्, नदीमा अनियन्त्रित दोहन रोकिने कुनै छाँट देखिँदैन, वनक्षेत्र मासिदा छन्”, विगतमा राष्ट्रपति तराइ मधेश चुरे संरक्षण समितिमा विज्ञका रुपमा सेवा गर्नुभएका डा सिंह भन्नुहुन्छ–, “हामीले भोगी रहेका कृषिक्षेत्रका समस्या धेरैजसो मानव सिर्जित छन्, यिनको व्यवस्थापन र संरक्षणमा आमचासो आवश्यक छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending