राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पछिल्लो समय केही खरिदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरिद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएपछि सचेत गराएको जनाए।
उहाँले बुधबार एक सूचना जारी गर्दै कृषकहरूलाई बालीको उचित मूल्य सुनिश्चित गर्न तथा धानको बजार मूल्यमा स्थिरता कायम गर्ने उद्देश्यले नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको जनाए।
सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपियाँ तोकेको छ ।
सोही कारण “न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२” मा व्यवस्था भएअनुसार कानुनी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
स्थानीय तहले न्यूनतम समर्थन मूल्यबारे जनचेतना फैलाउने, खरिद प्रक्रियामा सहजीकरण गर्ने, अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्देशिकाविपरीत कार्य गर्ने वा कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरिदकर्तामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: