काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको क्रममा हिजो असार ८ गते मृत्यु भएको हो । उनी क्षयरोग र दमका बिरामी रहेका थिए ।
दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मृतक व्यक्तिको यही असार ३ गते स्याब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनीसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
७६ जना ‘डिस्चार्ज’
मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न अस्पतालबाट ७६ जनालाई घर पठाइएको जानकारी दिए । उहाँका अनुसार आठ महिला र ६८ पुरुष आज डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज हुनेसँगै डिस्चार्जको सङ्ख्या दुई हजार १२४ जना रहेका छन् । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ जना महिला रहेका छन् ।
उनका अनुसार डिस्चार्ज हुनेमा गोठगाउँ आइसोलेशन झापा एक पुरुष, कोशी अस्पतालबाट झापाका एक महिला र तीन पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र तीन पुरुष, मोरङका १४ पुरुष रहेका छन् ।
यस्तै रामेछाप अस्पताल रामेछापबाट १३ पुरुष, साइकृष्ण आइसोलेशनबाट सप्तरीका दुई महिला र तीन पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र नौ पुरुष, कोभिड–१९ अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला पनि डिस्चार्ज भई घर फर्किएका छन् ।
यसैगरी बेनी अस्पताल म्याग्दीका दुई पुरुष र धौलागिरि अस्पतालबाट वागलुङका तीन पुरुष, स्याङ्जा अस्पतालबाट तीन पुरुष, गोरखा अस्पतालबाट सात पुरुष, जीपी कोइराला शुक्लागण्डकीबाट दुई पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् ।
यसैगरी ह्याम्स अस्पताल काठमाडौँबाट कास्कीका एक पुरुष, कालिका अस्पताल भिरकोटबाट स्याङ्जाका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लमजुङका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङ्जाका एक महिला र कास्कीका तीन पुरुष पनि डिस्चार्ज भएका छन् ।
यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: