Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

टुर्गानद्वारा पर्यटक ऐनका लागि सरकारलाई यस्तो सुझाव

\"\"

काठमाडौं । टुरिस्ट गाइड एशोसिएसन अफ नेपाल (टुर्गान)ले सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐनका लागि विभिन्न सुझाव दिएको छ । टुर्गानका अध्यक्ष केदार तामाङसहितका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई भेटेर केही बुँदा संशोधनसहितको सुझाव पत्र बुझाएका छन् ।

छलफलको क्रममा रहेको पर्यटन विधेयकको दफा ३१ मा रहेको ‘नगर गाइड’ शब्द हटाई पर्वतीय पथप्रदर्शक, सांस्कृतिक पर्यटक पथप्रदर्शक, पदयात्रा पथप्रदर्शक, स्थानीय पथप्रदर्शक वा अन्य यस्तै वर्गीकरण गर्न, पर्यटक पथप्रदर्शकको नवीकरण गर्दा कुनै प्रकारको पुनर्ताजगी तालीम लिएको तथा टुर्गानको सिफारिस आवश्यक पर्ने व्यवस्थासहितको ऐन ल्याउन मन्त्री भट्टराईलाई सुझाव दिएको टुर्गानका अध्यक्ष तामाङले जानकारी दिए ।

विदेशी नागरिकले पथप्रदर्शकको रुपमा कार्य गर्न नपाउने कुरा स्पष्ट नभएको र उक्त विषय स्पष्ट हुने गरी यस्तो कार्य गरेमा रु एक लाखसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजायको व्यवस्था गर्नुपर्ने तथा कुनै संस्थाले अनाधिकृत व्यक्तिलाई पथप्रदर्शकको काम लगाएमा रु ५० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । “मन्त्री भट्टराईले सुझावलाई सकारात्मक रुपमा लिएका छन्, ऐनमा समावेश गर्ने आश्वासन दिएका छन्”, तामाङले भने ।

सो अवसरमा मन्त्री भट्टराईले व्यवसायीका आवश्यक सल्लाह र सुझावलाई समावेश गरी ऐनलाई व्यवसायमैत्री बनाउन आश्वासन दिनुभएको टुर्गानका प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीले बताए । “समयसापेक्ष ऐन निर्माण गरी पथप्रदर्शकको हकहित संरक्षण गरी पर्यटन क्षेत्रको विकासका लागि सुझाव दिएका छौँ”, उनले भने । सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन लागेको हो । विसं २०३५ मा ल्याइएको ऐन नै अहिलेसम्म कार्यान्वयनमा छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending