Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पत्रकारलाई निकाल्ने सञ्चारगृहविरुद्ध आन्दोलन गर्नुपर्ने

काठमाडौं । कोभिड–१९ को विभिन्न बहानामा पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहलाई विभिन्न पत्रकारका सङ्घसङ्गठनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि आज पत्रकारका सङ्घसङ्गठनसँग गरेको छलफलमा उनीहरुले पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहसँग आग्रह गरेका हुन् ।

कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा बस्न बाध्य बनाउने, पारिश्रमिकलगायत सुविधा कटौती गर्ने गरी काम गर्न नसक्ने वातावरण बनाउने जस्ता कार्य सञ्चारगृहले गरेकाले महासङ्घको नेतृत्वमा आन्दोलन गर्नुपर्नेसमेत बताएका छन् ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने र अहिलेको सङ्कटपूर्ण समयको बहानामा पत्रकारमाथि भइरहेको अमानवीय व्यवहारको डटेर सामना गर्ने बताए । यसका लागि सञ्चारमाध्यम मात्र नभएर सञ्चालकका घरमै पुगेर धर्ना दिने तयारी पनि गरिएको उहाँले जानकारी दिए।

प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहालले वर्षौं मिडिया चलाएर ठूलो रकम कमाएका सञ्चालकले कोभिडको बहानामा पहिलो महिनादेखि नै पत्रकारलाई निष्काशन गर्ने, बिदामा राख्ने वा दिइरहेको सुविधा कटौती गर्ने सञ्चारगृहका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अहिले वर्षौंदेखि नेपालका पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधान गरी यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र आकर्षणको थलो बनाउने अवसर आएकाले सबै सङ्गठनले मिलेर काम गर्नुपर्ने बताए। उनले मिडिया सञ्चालकले गैरजिम्मेवार काम गरिरहेको र सरकारले पनि पत्रकारका लागि कुनै राहतको कार्यक्रम नल्याएकाले पत्रकार निरीह बनेकाले यसको समाधानका लागि पत्रकार महासङ्घले अगुवाइ गर्नुपर्ने बताए।

आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङले सरकारले सङ्कटमा परेका पत्रकारका लागि कुनै पनि राहतका कार्यक्रम नल्याएको बताए । यस्तै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले अहिलेको समयमा पत्रकार महिला अझ समस्यामा रहेकातर्फ ध्यानाकर्षण गराए ।

छलफलमा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका धनञ्जय बुढालगायतले सङ्कटको घडीमा श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षाका लागि महासङ्घले गर्ने आन्दोलनमा आफुहरुको ऐक्यबद्धता रहने बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending