Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

महिलालाई छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावलले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन्। उनले भनिन्, “महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।”

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए । नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही होस् भने । उनले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गरे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending