Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : नेता पौडेल

काठमाडौं । पूर्वसभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने गरेको बताएका छन् । संस्कृत छात्र सङ्घले नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा आज जुम प्रविधिबाट आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयक अन्तक्र्रियामा उनले यही प्रेरणाले लोकतन्त्रका लागि गरिएको अधिकांश आन्दोलन अहिंसात्मक भएको बताए।

नेता पौडेलले भने, “निरङ्कुश राज्यशक्तिले पनि दबाउन नसक्ने चेत संस्कृतका विद्यार्थीमा हुने भएकाले जहानियाँ राणा शासनका बेलामा पहिलो विद्यार्थी आन्दोलन हुन सकेको हो, जयतु संस्कृतम् आन्दोलनका योद्धाले सामाजिक सुधारका लागि ब्राह्मणले हलो जोत्ने, छुवाछूतको अन्त्यलगायत परिवर्तनका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।”

संस्कृतले राष्ट्रवादको भावनालाई समेत जगाउने उनको भनाइ थियो । नेपाली काँग्रेस संसदीय दलका सचेतक एवं जयतु संस्कृतम्का योद्धा काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल गौतमले अहिलेको शासन व्यवस्था पनि विसं २००४ को भन्दा फरक नदेखिएकाले लोकतान्त्रिक मूल्य मान्यता संरक्षणका लागि संस्कृतका विद्यार्थीले फेरि योगदान दिनुपर्ने समय आएको बताए।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले सत्याग्रहीका रुपमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले राखेको मागलाई दबाउन खोज्दा देशव्यापीरुपमा राणा शासनका विरुद्ध चेतना जागृत हुने अवसर मिलेको स्मरण गराए। संयुक्त राष्ट्रसङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा सुगौली सन्धिभन्दा अघिको जस्तो लडाईं गर्ने वातावरण नभएकाले कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताए।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले मानिस शास्त्रीय निर्देशानुसार आचारमा बस्न छोडेपछि घरघरमा झगडाको आगो सल्कन थालेकाले संस्कारमा सुधार हुनुपर्नेमा जोड दिए। जयतु संस्कृतम् संस्थाका महासचिव प्रा डा नवराज कट्टेल, प्रा डा देवमणि भट्टराई, शान्तिकृष्ण अधिकारी, धनेश्वर नेपाल, छात्र सङ्घका सुशान्त आचार्य लगायतले संस्कृत शिक्षाको आवश्यकता बढ्दै गएकाले अनिवार्य गर्ने गरी अभियान चलाउन लागिएको बताए।

दिवसकै अवसरमा आज बिहान जयतु संस्कृतम् संस्थाले दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयत्\' संस्कृतम् स्तम्भमा माल्यार्पण गर्नुका साथै विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिएको थियो । संस्कृतका शास्त्रीयसँगै आधुनिक अङ्ग्रेजी, गणित, भूगोल, इतिहासलगायत विषय पनि पढ्न पाउनुपर्ने माग राख्दै तीनधारा संस्कृत छात्राबासका विद्यार्थीले विसं २००४ असार १ गते जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यसै स्मरणमा प्रत्येक वर्ष असार १ गते जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

जयतु संस्कृतम् आन्दोलन शुरु गरेपछि छात्राबासबाट निकालिएका विद्यार्थीले देशभर राणा शासनका विरुद्ध जनतालाई जागृत बनाएका थिए । आन्दोलनकारी बनारस पुगी काँग्रेसका संस्थापक बिपी कोइरालासँग भेट गरेपछि राजनीतिक परिवर्तनमा पनि सहभागी भएका थिए । जयतु संस्कृतम् आन्दोलनमा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, कमलराज रेग्मी, अच्युतराज रेग्मी, राजेश्वर देवकोटा, काशीनाथ गौतम, पद्मशङ्कर अधिकारीलगायतको नेतृत्व थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending