Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

लकडाउन खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

काठमाडौंं । सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु आजदेखि पूर्ण रुपमा खुलेका छन् ।

कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु भएको छ । सर्वोच्च अदालतसहित देशभरका अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले केही सेवा विस्तार गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार बन्दाबन्दीे पूर्णरुपमा नखुलेकाले कर्मचारीको आलोपालो प्रणालीबाट काम शुरु भएको छ । प्रवक्ता ढकालले भन्नुभयो, “कोरोना भाइरसको जोखिम पूर्ण रुपमा कम नभएकाले सावधानी अपनाएर काम गरिनेछ ।”

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । काठमाडौँ उपत्यकाका टोलटोलका अधिकाशं सहकारी संस्था आजदेखि सञ्चालनमा आएका छन् । संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएका सहकारी सञ्चालकले बताएका छन् । वाणिज्य बैंक र विकास बैंक शाखाहरुमा भने आज सेवा लिन चाहने सेवाग्राहीको भीड देखिन्थ्यो ।

सरकारले आजदेखि सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय ९प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने०, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खु्ल्ने निर्णय गरेको थियो । सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारी साधानलाई दैनिक निसङ्क्रमित गर्ने निर्णय सरकारले गरेको थियो ।

टेकुस्थित सवारी परीक्षण केन्दमा थोरै कर्मचारी भएकाले सबै जना कार्यालयमा आएका छन् । जम्मा १६ कार्यरतमध्ये दुई जना उपत्यका बाहिर रहेकाले १४ जना कार्यालयमा उपस्थित भएको प्रमुख मणिराम भुषालले बताए । कार्यालयमा सबै कर्मचारी उपस्थित भए पनि आवश्यक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाइएको उनको भनाइ छ । बन्दाबन्दीको अवधिमा पनि थोरै कर्मचारी आउने गरेकामा आजबाट सबै उपस्थित भएका हुन । कर्मचारीमध्ये कोही आफ्नै सवारीसाधनमा र कोही कार्यालयका सवारीमा त नजिकै बसाइँ भएका कर्मचारी हिँडेर आएका छन् । उनले भन्े, “जसलाई जे गर्दा सजिलो हुन्छ हामीले त्यसरी नै मिलाएका छौँ ।”

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले नियमित सेवा सञ्चालनको पहिलो दिन नै सेवाग्राहीको भीड लागेको बताए । सरकारको निर्णयानुसार दुई सिफ्टमा कर्मचारी आएर सेवा दिइरहेको उनले बताए । बन्दाबन्दीका समयमा पनि राहत वितरण, कोभिड–१९ को परीक्षणलगायतका काम भइरहेकाले सेवा दिइरहेको छ । अहिले नियमित सेवाका लागि सबै कर्मचारीलाई बोलाइएको उनले बताउए। महानगरले कर्मचारीले आपसमा र सेवाग्राहीसँग पनि दूरी कायम गरेर सेवा दिन थालेको छ । उनले भने, “भीडभाड भएकाले हामीले सकेसम्म दूरी कायम गरेर सेवा दिइरहेका छौँ ।”

राष्ट्रिय मानवअधिकार आयोगले बन्दाबन्दीको समयमा पनि उजूरी दर्ता गर्ने र त्यसको सुनुवाइ गर्दै आएको थियो । त्यस अवधिमा आवश्यकतानुसार मात्रै कर्मचारी आउने गरेका थिए । आयोगका सचिव बेदप्रसाद भट्टराईले आजबाट सबै कर्मचारी दुई सिफ्टमा कार्यालय आउन थालेको बताए। कर्मचारी आयोग र आफ्नो सवारीसाधनबाट आइरहेका छन् । उनले भने, “अहिले पनि जोखिम पूर्णरुपमा कम नभएकाले आलोपालो प्रणालीमा काम गर्ने व्यवस्था मिलाइएको छ ।”

सिंहदरवारमा आज बिहान ८ बजेदेखि नै चहलपहल शुरु भएको थियो । कर्मचारी बिहानैदेखि आए पनि नागरिक भने १० बजेपछि आएका थिए । सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीडभाड निकै देखिएको छ । त्यहाँ खटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यकर्मीको टोलीले परीक्षण गराएर मात्रै सेवाग्राही प्रवेश गराएका छन् । आइतबारसम्म फाटफुट्ट मात्रै मानिस प्रवेश गर्ने भए पनि आज सेवाग्राही लाम बसेर स्वास्थ्य परीक्षण गराएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending