Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ ।

ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन नगरपालिका पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नगरमा स्थानीय पाठ्क्रम निर्माण गरी लागू गर्न लागेको जानकारी दिए।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा इतिहास, कला, साहित्य, संस्कृति, भाषा, लिपी, कानून, वन, कृषिलगायतलाई समावेश गरी स्थानीय पाठ्यक्रम बनाउने नीति लिएको थियो । पाठ्क्रम निर्माण गर्न नगरपालिका सामाजिक विकास समितिका संयोजक सन्तोष खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा पाठ्क्रम विज्ञ करुणा धिताल, डा गणेशराज अधिकारी, बासुदेव ढुङ्गेल, संस्कृति तथा इतिहासविद् रविन्द्र रिजाल, पर्यटनविद् गुणराज भट्ट, भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र काप्री, ब्राइट फ्युचर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराम थापा सदस्यमा रहनुभएको छ । नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कर्णबहादुर भुवाजी सदस्य सचिव रहनुभएको छ । उहाँले स्थानीय पाठ्यक्रमको पाण्डुलिपी लेख्ने काम भइरहेको बताए। “विषय, विषय क्षेत्र, विषयवस्तु, तहगत सक्षमता, तहगत उद्देश्य, पाठ्यभार तह भइसकेको छ”, उनले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रममा स्थानीय विषय पनि समेट्नुपर्ने उल्लेख छ । पाठ्यक्रम आव २०७७÷०७८ को असार मसान्तसम्म पुरा गर्ने नगरपालिकाले जनाएको छ । चन्द्रागिरिले पाठ्यक्रममा चन्द्रागिरिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, चन्द्रागिरि पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत नौ विषयलाई समावेश गरेको छ ।

नगर प्रवक्ता महर्जनले पाठ्यक्रम कार्यान्वयनको प्रक्रियामा आएपछि नगरपालिका भित्रका विद्यालयमा पढाइ लागू गरिने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending