Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने

एजेन्सी । दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ । दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ ।

दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ । यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।

मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताएका थिए । रंगशालाहरुलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको जनाएको थियो ।

सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ । यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ ।

ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ । जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ । यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो । तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख नाघिसकेको छ ।

त्यस्तै यो महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् । भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव भएको बताइएको छ । –एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending